तमु ल्होसार पर्वको आयोजना
पुष १५, २०८२, मङ्गलबार | साँझ ०५:०६ बजे | 80
१५ पुष/पर्वत
पर्वतस्थित श्री मोदिकाली बुद्ध सेवा विकास समाज लगायत स्थानिय आमा समूहद्वारा आज तमु ल्होसार पर्वको आयोजना गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसको युवा नेता नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले कार्यक्रममा शुभकामना व्यक्त गर्दै तमु ल्होसार जस्तो चाडले सामाजिक सद्भाव विकास गरि सबैलाई एकतामा बाध्न मद्दत पुर्याउछ भनी बताउनुभयो ।अध्यक्ष गुरुङले गुरुङ समुदायले मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा सम्वर्धन गर्दै पर्यटन प्रवर्द्धनको माध्यमबाट देशलाई बिकासको गतिमा अघि बढाउन महत्वपूर्ण भुमिका खेलेको कुरा बताउनुभएको छ । । सांस्कृतिक झाकी सहितको शुभकामना कार्यक्रममा कुश्मा स्थित श्री आनन्द गुम्बामा स्थानिय श्री बौद्ध युवा संघको पहलमा भएको ढुङ्गा छाप्ने कार्यको प्रमुख अतिथी नेपाली काङ्ग्रेसको युवा नेता नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले समुद्घाटन गर्नुभयो जिल्ला स्थित आमा समुहमा रहेर हरेक सामाजिक क्षेत्रमा अग्रसर रहनुभएको अध्यक्ष गुरुङको आमा लगायत परिवारलाई आयोजकले मायाको चिनो सहित सम्मान गर्नुभएको छ ।
