मैत्रीपूर्ण ज्ञानमाला भजन कार्यक्रम सम्पन्न


पुष ५, २०८२, शनिबार | राति ०७:४७ बजे | 140


मैत्रीपूर्ण ज्ञानमाला भजन कार्यक्रम सम्पन्न

राष्ट्रिय ज्ञानमाला संघ, नेपाल अन्तर्गत काभ्रे जिल्ला उपसमितिको आयोजनामा बहिबहा ज्ञानमाला भजन खलःको व्यवस्थापनमा बहिटोल बनेपामा नेपाल राष्ट्रिय ज्ञानमाला सघका अध्यक्ष एवं सुप्रसिद्ध गायिका रमना श्रेष्ठको प्रमुख आतिथ्यत्वमा दोस्रो चरणको छैटौं मैत्रीपूर्ण ज्ञानमाला भजन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिले ज्ञानमाला भजन सुर र ताल मात्र मिलेर पुग्दैन । भजन भित्र बुद्धका ज्ञानका कुरा बुझेर गाएमा फलदायी हुन्छ भन्नुभयो । साथै उहाँले पोखरामा यहीं २०८२ पुस २६,२७ र २८ गते हुन गईरहेको एघारौं राष्ट्रिय ज्ञानमाला सम्मेलन शब्य भब्य रूपमा सम्पन्न गर्न सबैको सहयोग चाहिएको छ भन्नुभयो । काभ्रेको ६ वटा ज्ञानमाला भजन खलःले भजन प्रस्तुत भएको थियोे । अतिथि भजनको तर्फबाट भक्तपुर जिल्ला उपसमितिको तर्फबाट तिनाछेँ, साःकोलां भक्तपुर -९ वडाका तथागत ज्ञानमाला भजन खलः ज्ञानमाला भजन प्रस्तुत गर्नुभएको थियोे । अतिथि भजन खलः तथागत ज्ञानमाला भजन खलः लाई प्रमुख अतिथि केन्द्रीय अध्यक्ष एवं बरिस्ठ गायिका रमना श्रेष्ठज्यूबाट तथागत ज्ञानमाला भजन खलः अध्यक्ष तुलसीकाजी मानन्धरलाई प्रमाणपत्र र मैत्री चिन्ह प्रदान गरियो । कार्यक्रममा केन्द्रका बरिस्ठ उपाध्यक्ष बिमलबहादुर बज्राचार्य र कोषाध्यक्ष राजभाई शाक्य, ६ वटा भजन खलःका अध्यक्षहरू, काभ्रे जिल्ला उपसमितिका सल्लाहकारहरू सिद्धिग‍ोपाल मानन्धर, पूर्व संयोजक तेजप्रसाद मानन्धर,अतिथि रहनु भएको थियोे । कार्यक्रम काभ्रे जिल्ला संयोजक जगतनारायण मानन्धरको सभापतित्वमा बहिबहा भजन खलःका अध्यक्ष रत्न श्रेष्ठले स्वागत तथा सभापति जगतनारायण मानन्धरले धन्यवाद दिनुभयो । कार्यक्रम पञ्चशील प्रार्थना बाट शुरूवात भई पुण्यानुमोदन गगरि सम्पन्न गरियो ।

फाेटाेमा हेर्नुहाेस्...

मैत्रीपूर्ण ज्ञानमाला भजन कार्यक्रम सम्पन्न

Comments