कुमारी पुजाको इतिहास


मंसिर २९, २०८२, सोमबार | साँझ ०६:०९ बजे | 245


कुमारी पुजाको इतिहास

विजय राम माक
नेपालमा कुमारी पूजाको चलन कसले कहिलेबाट चलाएको हो भन्ने भरपर्दा आधार नभेटिए पनि पुराण एवम् शास्त्रकै आधार मान्ने हो भने सृष्टिकालमै महादेवले कन्यापूजा गरेको उल्लेख छ । नेपालका शासकहरूमा लिच्छवी राजा वृषदेवले सर्वप्रथम इष्टदेवीको पूजा गरेबाट नेपालमा कुमारीपूजा सुरुवाता गर्ने श्रेय उनैलाई दिइन्छ । त्यसो त वृषदेवले मानेकी इष्टदेवी वृषदेवी नामले प्रख्यात छिन् । अर्का लिच्छवि राजा मानदेवले मनमानेश्वरीलाई इष्टदेवी मानी पूजाआजा गरिआएका बखत पनि जीवित कन्यालाई पूजा गर्ने चलन रहेको बुझिन्छ । 
लिच्छवि राजा आनन्ददेवले भक्तपुरलाई नेपालमण्डलकै राजधानी बनाई राज्य गर्नु अगावै यहाँ वानेलाय्कु, वलंपुली ९ब्रह्मपुर० लाय्कुजस्ता राजकुलहरूमा समेत कुमारीको पूजा आएको मानिन्छ । ‘नेपाल राजवंशावली’ मा समेत ठाउँ–ठाउँमा उल्लेख भएको बान्दिमग्वलको वानेलाय्कु हालको तचपाल क्षेत्रमा यद्यपि देख्न सकिन्छ । यहाँ मोहनीको अवसरमा मानेश्वरीदेवीको साथै कुमारीको समेत पूजा हुँदै आएको छ । यद्यपि यस ठाउँमा राजभण्डारी थरकी कुमारीको पूजा हुने चलन छ । त्यस्तै भक्तपुरको नासमना टोलस्थित बलंपुली लायकुमा पक्वान थरकी कुमारीको पूजा हुन्छ । आनन्ददेवले स्थापना गरेको त्रिपुरा दरवारसहितको लाय्कुमा माक थरकी कुमारीको पूजा हुने अनुसन्धानबाट देखिएको छ । अझ यहाँ माक अर्थात् किसान परिवारकी कुमारी राजकीय कुमारी रहेको अवस्थामा यो थप अध्ययन अनुसन्धानको विषय बन्न पुगेको छ । त्यसबाहेक भक्तपुर लाय्कु समीप रहेको बिलाछें लाय्कु जुन हाडा बिजुक्छेहरूको आगम हो, यहाँ हाडा थरकी कुमारीलाई पूजा गर्ने परम्पराबाट नेपालमा राजकीय स्तरबाट मात्र नभई आगम प्रथामा समेत कुमारी राख्ने चलन रहेको बुझिन्छ । कुमारी प्रथा भक्तपुरमा कुमारी राख्ने प्रचलन लिच्छवीकालदेखी नै चल्दै आएको पाइन्छ । वृक्षदेवी, मनमानेश्वरदेवी र मात्रृकादेवी जस्ता कुमारीको प्रचलन रही आएकोमा जसलाई जीवित देवीका रूपमा हिन्दू कूलका माक, राजभण्डारी, पक्वान, हाडाजस्ता कुमारीको प्रथा रही आएको देखिन्छ । यसको नेपाल संवत ६११ का कान्तिपुरका राजा रत्नमल्लले पुख्यौली त्रिपुरदरबारमा आफ्नो अधिकार रहेको देखाउन सर्वप्रथम बौध्द कुलका कुमारीको ९भक्तपुर० प्रचलन ल्याएको पाइएको जुन परम्पराअनुसार भक्तपुरमा शाक्य, ब्रजाचार्य कुलका कुमारीलाई राजकीय कुमारी मान्ने परम्परा रहेको हो। धौवडेल ओम, मजदुर, २०७५ कर्तिक २
हाल अन्य थर एवं जातका कुमारीलाई आ(आफ्नो तरिका अनुसार कुमारी पुजा गर्ने गरिको पाइन्छ भने माक परिवारका चेलीबेटीहरुलाई कुमारी पुजा गर्न हुदैन भनेर गरिदैन सायद मल्लकालिन राजाबाट शाक्य बज्राचार्यका चेलीबेटीलाई कुमारी बनाउने चलन सुरू गरे देखी राजाकै आदेशमा  माक परिवारकालाई कुमारी बन्नबाट रोक्क लगाएको हो कि भन्ने अनुमान लागाउन सकिन्छ ।
 

Comments