आजदेखि टोखामा नवदुर्गा देवगण ङालाकेगु


मंसिर २९, २०८२, सोमबार | विहान ०८:४९ बजे | 225


आजदेखि टोखामा नवदुर्गा देवगण ङालाकेगु

नारायणमान बनमाला
मानव समाजमा आधारित जीवित देवताको रूपमा पुजिने नवदुर्गा देवगणको जात्रा आठ महिना मुकुन्डोसहित र चार महिना मुकुन्डोबिना हरेक वर्ष हुने परम्परा छ । यो जात्रा भक्तपुरमा मात्र सीमित नभई जिल्ला बाहिर पनि हुन्छ । 
नवदुर्गा गणको टोली दुई तीन दिन अगाडि भक्तपुरबाट सम्पूर्ण देवगणहरूको मकुन्डो र गरगहनासहित खर्पनमा राखेर हिँडेरै काठमाडौँको टोखा नगरमा पुग्छ । पहिलो दिन नगर परिक्रमा र पूजा ग्रहण गरी जात्रा सम्पन्न गरिन्छ । दोस्रो दिन चारजना देवगणहरूः गणेश, कुमारी, सिम्म र दुम्म बाजा गणसहित साङ्गला स्थानमापुगी पेमा द्यो जात्रा सम्पन्न गरिन्छ । त्यसपश्चात् खाजा ग्रहण गरी साँझतिर सम्पूर्ण देवगण टोखाका केही टोलमा परिक्रमा गर्दै पुनः लाछी टोलमा पुगेर खःप्याख जात्रा सुरु हुन्छ । राति नाच र मु बाहाँजात्रा सम्पन्न हुन्छ । 
२०४६ सालसम्म निरन्तर चलिरहेको सो जात्रा एक वर्ष मु बाहाँलिकेगु जात्रा गर्दा केही उच्छृङ्खल युवाहरूको कारण विवाद भई २०४७ सालदेखि बन्द भएको थियो । जात्रा रोकिएपछि टोखावासीहरूको एक टोलीले नवदुर्गा जात्रा सञ्चालन गर्नुप¥यो भनी माग गरेपछि देवगण टोलीका चार जना साथीहरूले टोखामा गई छलफल गरे । तर, सो छलफल निष्कर्षमा पुग्न सकिएन । नवदुर्गा जात्राको तीन दिन पश्चात् एक दिन चपलीग्राम, टुप्या हँुदै दुई दिन गोकर्ण नगरपालिकामा पनि जात्रा हुने परम्परा छ । जात्रालाई निरन्तरता दिन टोखा नगरका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधिहरूका साथै स्थानीय नगरवासीहरूको भेला गरी पुनःनवदुर्गा देवगण जात्रा सञ्चालनगर्ने सहमति भयो । सहमतिअनुसार आवश्यक बास र खानाको व्यवस्था, शान्ति सुरक्षा र आर्थिक सहयोगसमेत हुने गरि २०७९ सालदेखि सम्झौतामा पैदल जाने व्यवस्थामा सहयोग गर्ने, सफा सुग्घर वास, शौचालयको व्यवस्थाखाना र जलपानको व्यवस्थागर्ने, हरेक वर्षमाजात्रालाई निरन्तरतागर्ने र दीर्घकालीनअक्षयकोषको व्यवस्थागर्ने आदि कुरा उल्लेख गरिएको छ ।
जात्राहुने तालिका
पहिलो दिन
– भक्तपुर नगरपालिकाबाट बिहान १०ः३० बजे प्रस्थानगर्ने ।
– ४ बजे टोखानगरमापुगेर जात्रा सुभारम्भ गर्ने ।
दोस्रो दिन (टोखा)
– बिहान ८ बजे चारजना देवगण साङ्गला प्रस्थानगर्ने
– दिउँसो १ बजे साङगलामाजात्रा सम्पन्नगर्ने
– ३ बजे टोखा लाछिमा देवगण जात्रा सुरु हुने र गंछि नाचः, ख प्याखँ, मु बाहाँजात्राआदि सम्पन्नगर्ने
तेस्रो दिन (टोखामा)
– बिहान १०बजे बाराहीनाच
– १२ बजे सिम्हदुम्ह ङालाकेगु जात्रा ।
– २ बजे महाकालीनाच
– ४ बजे श्वेत भैरव ङालाकेगु जात्रा सुभारम्भ
– ६ बजे जात्रा सम्पन्न गरी चपलीग्राम प्रस्थानगर्ने ।
चौथो दिन (टोखाबाट चपलीगाउ, टुप्या (चुनिखेल) हुँदै गोकर्ण)
– बिहान ८ बजे गाँछी नाचप्रदर्शनी
– १० बजे सम्पन्नपुनः टुप्या प्रस्थान
– चार जना देवगणजात्रा २ बजे सम्पन्न
– ४ बजे गोकर्णमाजात्रा सुरु गरिने
– ६ बजे गाँछि नाच, रात्रिनाच सम्पन्नगर्ने
पाँचौँ दिन
– बाराहीनाच, बिहान ८ बजे ।
– १० बजे सिम्हदुम्ह ङालाकेगु जात्रा
– १ बजे महाकालीनाच
– ३ बजे श्वेत भैरव ङालाकेगु जात्रा
– ६ बजे जात्रा सम्पन्नगर्ने
छैठौँदिन
– बिहान – चियापान
– खाना ग्रहण गरी २ बजे भक्तपुर प्रस्थानगरिने ।
यस नवदुर्गा देवगण जात्रालाई भक्तपुरको एतिहासिकमहत्वको साथै मानव समाजमादिशानिर्देश गर्ने संस्कृतिको रूपमा बुझिन्छ । यो ङा लाकेगु जात्रा काठमाडौँको पशुपति–जय बागेश्वरी मन्दिर, मध्यपुर ठिमीको बालकुमारी, सिद्धिकाली, नीलबाराहीमन्दिर, टोखानगरपालिकाको सपन तीर्थ गणेश मन्दिर, चपलीगाउँको बुढानीलकण्ठ नारायण मन्दिर, गोकर्णको गोकर्णेश्वर महादेव मन्दिर, साँखुको बज्रयोगिणी र माघ माधवनारायण मन्दिर, चाँगुको चाँगुनारायण मन्दिर, साँगाको नासिकाभगवतीमन्दिर, नालाको उग्रचण्डी भगवतीतथादमरेश्वर महादेव मन्दिर, धुलिखेलको नानीभगवतीमन्दिरमा हुन्छ । नवदुर्गाभवानीलाई कूल देवताको रूपमापुजिने चलन छ । श्री खण्डपुरको श्वेत भैरव मन्दिर, बनेपाको जसीगाल र चण्डेश्वरी मन्दिर र पनौतीको मकर मेलाहुने त्रिवेणी घाट, इन्द्रेश्वर महादेव तथा ब्रह्मायणी मन्दिर आदि स्थानसँगनवदुर्गा भवानीको सम्बन्ध रहेको इतिहास छ । ऐतिहासिकनगर भक्तपुर नगरपालिकामा २१ स्थानमा ङा लाकेगु जात्रानिरन्तर चलिरहेको छ । यस वर्ष २०८२ पुस १८ गतेदेखि २३ गते सम्म साँखु र चाँगुनारायणमा हुने र २०८२ पुस ३० गते देखि भक्तपुरको सूर्यमढीमा वापि पाछ्राकेगु जात्रा सुरु भए सँगै २ महिना सम्म   ङालाकेगु जात्रा चल्ने परम्परा छ ।
 

Comments