काठमाडौमा भएको बासुरी बाजा प्रतियोगितामा भक्तपुरको बाँंसुरी बाजा समूह प्रथम
मंसिर २८, २०८२, आइतबार | साँझ ०५:२९ बजे | 210
काठमाडौं । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को लोकेश्वर बासुरी बाजा समूहले दक्षिणकाली नगरपालिका, फर्पिङको शान्ति सा·ीतिक समूहबाट आयोजित खुला बासुरी बाजा प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ । दक्षिणकालि नगरपालिकाका प्रमुख मोहन बस्नेतबाट पुरस्कार तथा प्रमाण–पत्र वितरण भएको उक्त प्रतियोगितामा सहभागीहरु मध्ये लोकेश्वर बासुरी बाजा समूह भक्तपुर, पलेस्वां सांस्कृतिक पुचः पाटन, रुद्रायणी बासुरी खलः खोकना, देबीस्थान बासुरी खलः बालाजु, दबु दाफा खलः चोभार क्रमशः प्रथम, दोस्रो, तेस्रो, चौथो र पाचौ हुन सफल भएका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
