चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका सामाजिक परिचालकलाई स्वस्थ्य बुढ्यौली अभिमुखिकरण
मंसिर १६, २०८२, मङ्गलबार | राति ०९:२२ बजे | 125
खरिपाटी, भक्तपुर
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत चाँगुनारायण नगरपालिका र सुर्यविनायक नगरपालिकाका सामाजिक परिचालकहरुको लागी सञ्चालित १ दिने स्वस्थ्य बुढ्यौली सम्बन्धि अभिमुखिकरण चाँगुनारायण नगरपालिकाको तालिम हलमा सम्पन्न भएको छ ।
अभिमुखिकरण कार्यक्रमको शुरुवात गर्नुहुदै चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठले चाँगुनारायण नगरपालिका भित्रका ज्येष्ठ नागरिक मिलन चौतारीको सक्रियता प्रशंसनिय रहेको बताउनु हुदै सहारा परियोजना नगरबासी ज्येष्ठ नागरिकहरुको लागि सहारा बन्दै गएकोमा नेपाल रेडक्रस र स्वीस रेडक्रसलाई कार्यक्रम साझेदारीता तथा आर्थिक सहयोगको लागि धन्यवाद दिनुभयो ।
अभिमुखिकरण कार्यक्रमको अनुगमन तथा निरीक्षण चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथाीकीले गर्नु भएको थियो । उहाँले स्वीस रेडक्रसकी स्वास्थ्य बुढ्यौली सल्लाहकार एलेक्जेन्ड्रा पापिजलाई विदाई गर्नुहुदै चाँगुनरायण नगरपालिका भ्रमण गर्नुभएकोमा धन्यवाद दिनुहुदै सहारा परियोजना सञ्चालनको लागि आर्थिक सहयोग गर्नु भएकोमा स्वीस रेडक्रस प्रति आभार ब्यक्त गर्नुभयो । उपप्रमुख बुढाथोकीले उहाँले उमेरमैत्री शहर निर्माण कार्यमा चाँगुनारायण नगरपालिकाले सरकारी तथा गैह्र सरकारी निकायसंग समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो ।
स्वीस रेडक्रसकी स्वास्थ्य बुढ्यौली सल्लाहकार एलेक्जेन्ड्रा पापिजले विश्वको जनसंख्या, ज्येष्ठ नागरिकको अवस्था, नेपालमा बुढ्यौलीको अवस्था, ज्येष्ठ नागरिकका स्वास्थ्य समस्याहरु, स्वस्थ्य बुढ्यौली सम्बन्धि संयुक्त राष्ट्रसंघको दशक, ज्येष्ठ नागरिकहरुको क्षमता, बुढ्यौलीका चुनौतीहरु, समाधानका उपायहरु तथा विश्व स्वास्थ्य संगठनको उमेरमैत्री शहर सम्बन्धि कार्यढाँचाका बारेमा अभिमुखिकरण गर्नुभएको थियो ।
स्वस्थ्य बुढ्यौली सल्लाहकार एलेक्जान्द्राले स्वास्थ्य बुढ्यौलीका बारेमा व्याख्या गर्दै समुदाय परिवार र सरोकारवाला निकायहरूको साझेदारीमा नगरपालिका तथा वडा कार्यालयद्वारा स्वास्थ्य बुढ्यौलीका गतिविधिहरू सञ्चालन गरी एउटा समुदाय र नगरपालिकालाई कसरी उमेर मैत्री नगरपालिका बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुभएको थियो ।
अभिमुखिकरण कार्यक्रममा चाँगुनारायण नगरपालिकाका संयोजक दिनेश थापाले चाँगुनारायण नगरापालिकाले सहारा परियोजना अन्तर्गत सञ्चालन गरेका गतिविधिहरुका बारेमा प्रकाश पार्नुभएको थियो भने स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवालले ज्येष्ठ नागरिकका स्वास्थ्यका लागि नगरपालिकाले स्वास्थ्य शाखा मार्फत प्रदान गरेका सेवाहरुको बारेमा अवगत गराउनुभएको थियो । रेडक्रसकी कार्यलय प्रमुख उमा थापाले ज्येष्ठ नागरिक मिलन चौतारीमा न्यूनतम हुनुपर्ने सामाग्रीहरुको बारेमा छलफल गराउनु भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका कोषाध्यक्ष प्रदिप कुमार के.सी, केन्द्रका संयोजक राजु राउत, स्वीस रेडक्रसकी प्रतिनिधि छोदेन लामा, विपद् उपशाखाका अधिकृत उज्वल बस्नेत, कार्यक्रम सहायक सञ्जय अवाल लगायतको उपस्थिती रहेको थियो ।