शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना
मंसिर २, २०८२, मङ्गलबार | राति १०:१० बजे | 425
सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा डा. श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
यसअघिका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ अवकाश भएपछि उक्त पद रिक्त थियो। डा कल्पनाकुमारी श्रेष्ठ प्रत्यारोपण केन्द्रको सबैभन्दा बरिष्ठ चिकित्सक हुन् ।
