भक्तपुर क्यान्सर अस्पतालको ३१ औं स्थापना दिवस, रक्तदान कार्यक्रम आयोजना
कार्तिक २३, २०८२, आइतबार | साँझ ०६:१९ बजे | 450
भक्तपुर, कार्तिक २३ गते भक्तपुर क्यान्सर अस्पतालको ३१ औं स्थापना दिवसको अवसरमा आज खुल्ला रक्रदान कार्यक्रम आयोजना गरेको छ । अस्पताल प्रांगणमा आयोजित सो रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक डाक्टर अर्चना आमात्यले जनाएको छ । डाक्टर आमात्यका अनुसार अस्पतालको ३१ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउनेक्रममा रक्तसञ्चार, केन्द्र भक्तपुर रेडक्रसको प्राविधिक सहयोगमा आज रक्तदान कार्यक्रम आयोजना गरेको बताउनु भयो । मानिसहरुमा लाग्ने विभिन्न क्यान्सर रोगहरु मध्ये नाक, कान, घाँटीमा पनि लाग्ने रहेको बताउँदै उहाँले नाक, कान, घाँटीमा क्यान्सर हुनेको संख्या बढ्नुका कारणहरु धुम्रपान, मध्यपान, गुत्खा खाने बानिका साथै वातावरण प्रदुर्षण, केमिकलहरुको बढी प्रयोग गर्नु रहेको बताए । उहाँले नाक, कान घाँटीमा केही संक्रमणको लक्षण देखिने बितिक्कै डक्टरी परामर्शमा आउन आग्रह गर्नु भएको छ । उपचारकालागि आउने विरामीहरु पनि अन्तिम स्टेजमा आउने भएकाले थप जोखिम बढेको भन्दै नियमित स्वास्थ्य उपचार र उपचार पछि पनि रोग निको नभए क्यान्सर पो हो की? भनि परिक्षण गराएको खण्डमा चाँडो रोगको पहिचान भई उपचार गर्न सकिने बताउनु भएको छ ।
