जुटपानी, भटेनीमा अवस्थित श्री पृथ्वी माविमा निःशुल्क दन्त शिविर सम्पन्न


कार्तिक १६, २०८२, आइतबार | दिउँसो १२:१८ बजे | 210


जुटपानी, भटेनीमा अवस्थित श्री पृथ्वी माविमा निःशुल्क दन्त शिविर सम्पन्न

विश्वराज अर्याल, कार्तिक १४, शुक्रबार,

कालिका ७ भटेनी, कालिका नगरपालिका वडा नम्बर ७ मा अवस्थित श्री पृथ्वी माविको परिसरमा विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी निःशुल्क तीन दिने दन्त शिविर सम्पन्न भएको छ। चितवन सहायताको बेल्जियम, मेडोरा बेल्जियम र सामुदायिक सहयोग केन्द्र नेपाल को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रम पृथ्वी मावि व्यवस्थापन समितिका अध्यक्ष अमृत लामिछानेको अध्यक्षतामा औपचारिक कार्यक्रम सञ्चालन भएको थियो | निःशुल्क दन्त शिविर कार्यक्रमको प्रमुख अतिथि कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा चितवन सहायता कोष(CAT) बेल्जियमका अध्यक्ष ईश्वरी कँडेल, चितवन सहायता कोष(CAT) बेल्जियमका संस्थापक अध्यक्ष सीता सापकोटा, चितवन सहायता कोष(CAT) बेल्जियमका निवर्तमान अध्यक्षहरू पार्वती अधिकारी, दिनेश भण्डारी, सामुदायिक सहायता केन्द्रका सचिव रामचन्द्र न्यौपाने, सोही संस्थाका कार्यक्रम प्रमुख बासु अधिकारी, पृथ्वी मावि भटेनीका प्रधानाध्यापक सूर्यभक्त अधिकारी रहनुभएको थियो | अतिथिहरूमा पत्रकार सिर्जना अर्याल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, चितवन सहायताको सदस्य हरु , मे डोरा बेल्जियमका सदस्यहरु रहनुभएको थियो।सो कार्यक्रम मा स्वागत मन्तव्य पृथ्वी माविका प्र अ सूर्यभक्त अधिकारीले गर्नुभएको थियो। तीन दिनसम्म सञ्चालनमा रहेको दन्त शिविरबाट करिब ७०० जना विद्यार्थीहरू को दन्त परीक्षण तथा उपचार भएको थियो | चितवन सहायता कोष ले विगत २०६५ देखि निरन्तर शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आएको बेल्जियममा रहेको परोपकारी संस्था हो। यसैगरी निःशुल्क दन्त शिविर कार्यक्रमको आवश्यकता तथा महत्त्वको बारेमा प्रमुख अतिथि कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताउनुभएको थियो। सो कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका व्यवस्थापन समितिका अध्यक्ष अमृत लामिछानेले आफ्नो समापन मन्तव्यमा सहयोगी संस्था तथा प्रतिनिधिहरू जसले ३ दिनसम्मको दन्त शिविर सञ्चालन गर्नको लागि अहोरात्र खट्नुभयो जसमा डाक्टर देखि सहयोगीहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको थियो। सो कार्यक्रम कार्तिक १२ १३ र १४ मा सञ्चालन भएको थियो।

Comments