एसइइ उतीर्ण खेलाडीहरु सम्मानित
असार २५, २०८२, बुधबार | साँझ ०६:३३ बजे | 130
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ सालको एसइइ उत्तीर्ण खेलाडीहरुलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम– २०८२ बुधबार भक्तपुरमा सम्पन्न भएको छ । बेखाल टेवल टेनिस हलमा सम्पन्न कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बधाई पत्र िदइ सम्मान गरेका हुन् । त्यस अवसरमा भक्तपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष एवं नगर खेलकुद विकास समितिका संयोजक श्यामकृष्ण खत्री, भक्तपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष लक्ष्मीसुन्दर ह्यौमिखालगायतका अतिथि रहेका थिए ।