गीतकार ममिला पौडेल ‘आस्था’ को लाखौं चोट' गीतको सार्वजनीकरण
असार १०, २०८२, मङ्गलबार | साँझ ०६:१८ बजे | 245
माधव घिमिरे 'अटल'
गीतकार ममिला पौडेल 'आस्था'को 'लाखौँ चोट.....' बोलको गीतको असार ९ गते स्वयम् गीतकार 'आस्था'को जन्मदिनको छेक पारेर विशाल उपस्थितिमाझ राजधानीमा लोकार्पण गरियो । कार्यक्रमको प्रमुख अभ्यागत थिए- गीतकार तथा चर्चित मुक्तककार रमेश पौडेल । त्यसरी नै कवि तथा गीतकार बमबहादुर थापा 'जिताली' विशिष्ट अतिथि थिए भने अन्य आगन्तुक पाहुनाहरू थिए- सङ्गीतकार तथा गायक शिवराज गौतम तथा नारायण लामा ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अभ्यागत पौडेलले ममिलाका शब्द, यसले अभिव्यक्त गर्ने भाव र भिडियोबीच सुरम्य तालमेल मिलेको बताउँदै विजय गौतमले यो म्युजिक भिडियोमा निकै न्याय गरेको भनी हौस्याए । आफूले अनेकन् गीत लेखेको खुलासा गर्दै तीमध्ये निकै कमले मात्र स्रोता र दर्शकको मन छुने दाबी गरे । ममिलाको बाटो अत्यन्त कठिन तर उज्जर रहेको पनि पौडेलको स्पष्टोक्ति थियो । त्यसरी नै विशिष्ट अतिथि जितालीले लमजुङको माटो कृषिका निम्ति मात्र नभई साहित्य र गीत, सङ्गीतका निम्ति पनि अत्यन्त उर्वर रहेको जिकिर गरे । उनले ममिलालाई थप मेहनत गर्न पनि अभिप्रेरित गरे । भिडियो निर्देशक विजय गौतमले भावुक हुँदै यो म्युजिक भिडियो तयार गर्दाका अनुभूति साझा गरे । उनले यो गीत कालजयी बन्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा वागमती टीभीका प्रमुख मनोज न्यौपाने, मुक्तकालयकी अध्यक्ष नीलञ्जला भारद्वाज, हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारी, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे 'अटल', उपन्यासकार अञ्जना पौडेल लगायतले ममिलाको जन्मदिनको उपलक्ष्यमा विशेष शुभकामना टक्र्याउँदै उनको उत्तरोत्तर प्रगति, समृद्धि तथा लेखन क्षेत्रमा पूर्ण सफलताको कामना गरे । चर्चित गजलकार विपिन मर्मले सहजीकरण गरेको सो कार्यक्रममा उपस्थित तमाम आगन्तुकहरूलाई लोमश वाङ्मय प्रतिष्ठानका सचिव तथा माइन्ड प्लसका प्रमुख नवीन पल्लवले गरेका थिए । सारिका घिमिरे र विजय गौतमको सुमधुर स्वर रहेको उक्त गीतमा मोडलिङ रोजन सुन्दास, सुरज सुर्खेती लगायतले गरेका छन् । शिवराज गौतमले म्युजिक भिडियोको निर्देशन गरेका छन् भने कथा तयार पारेका छन्- सुमन मोक्तानले