बोदेकी स्नेहाले पाइन् एक लाख नगद पुरस्कार
असार ७, २०८२, शनिबार | राति ०८:१३ बजे | 50
भक्तपुर । मण्डला कला केन्द्र मध्यपुर थिमि बोदे भक्तपुरकी स्नेहा खत्रीले भक्तपुर जिल्लास्तरीय खुल्ला एकल नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरी एक लाख नगद पुरस्कार हात पारेकी छन् । राइजिंग स्टार डान्स सेन्टर चाँंगुनारायण नगरपालिका वडा नं १ दुवाकोट भक्तपुरको आयोजनामा शनिबार भक्तपुरमा सम्पन्न प्रतियोगितामा सेक्रियट हार्ट स्कुल भक्तपुर नगरपालिका ४ गपलीका म्हारमेन दोङले दोश्रो स्थान हासिल गरे ५० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सिद्धिदास सेकेण्डरी स्कुल पाण्डुबजार भक्तपुरकी युमिसा तामाङले तेश्रो स्थान सुरक्षित गरी २५ हजार नगद पुरस्कार प्राप्त गरे । उत्कृष्ट प्रतियोगीहरुलाई संघीय सांसद् दुर्लभ थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
प्रतियोगितामा सान्त्वना हुने दुई जनालाई प्रति प्रतियोगी दसदसहजार नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरियो । प्रतियोगितामा अमिनिटी इगलिश स्कुल मध्यपुर थिमि तेसाटारकी स्मारिका प्रसाई र वागीश्वरी मावि भक्तपुरकी मेलिना घर्तीमगर संयुक्त रुपमा सान्त्वना हुन सफल भएका थिए ।
अन्तिम प्रतिस्पर्धामा कुल १६ जना प्रतिस्पर्धीहरु प्रतिस्पर्धामा थिए । १६ मध्ये बाँंकी ११ जनालाई पनि हात खाली नहुने गरी विभिन्न विधाहरुमा उत्कृट घोषणा गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
आयोजक राइजिंग स्टार डान्स सेन्टर चाँंगुनारायण नगरपालिका वडा नं १ दुवाकोट भक्तपुरका कार्यक्रम संयोजक दिनेश अवालले नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा प्रतियोगिताको आयोजना गरेको जानकारी गराए । भक्तपुरका चार वटै नगरपालिकाका ३८ वटै वडाहरुहरुबाट प्रतिस्पर्धीहरु सहभागी भएको यो भक्तपुरकै पहिलो जिल्लास्तरीय एकल नृत्य प्रतियोगिता भएको उनले दावी गरे ।
प्रत्येक शनिबार शनिबार एक हप्तामा एक पटक गरी पटक पटकमा पाँंच चरणमा शनिबार फाइनल तथा अन्तिम प्रतिस्पधा भएको थियो । यसअघि पहिलो चरणको प्रतियोगिता झण्डै डेढ महिना अगाडिबाट सुरु भएको थियो ।
प्रतियोगिताको पहिलो चरणमा कुल दुई सय ७२ प्रतिस्पर्धी प्रतिस्पर्धामा थिए । त्यसपछि दुई सय, ६४ हुँंदै अन्तिममा १६ प्रतिस्पर्धी फाइनललमा पुगेका थिए ।
प्रतियोगिता समापन समारोहमा सांसद दुलर्भ थापा, चाँंगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताका लागि चाँंगुनारायण नगरपालिकाले सहयोग गरेको बताइएको छ । साथै अन्य विभिन्न नगरपालिकाहरु तथा संघसंस्थाहरुले पनि सहयोग गरेको जनाइएको छ ।
.jpeg)