हिजोकाे दिनमा कहाँ के भयो ?
कुमार लघु, भक्तपुर
भाइ बहिनीहरू बहिनीहरू वित्दै जादा अनेकाै लेख्ने पर्न चाँजापाजो आउदा रहेछन् । आज आफनै विषयमा मोवाईलको स्किनमा आैला चलाउने माैका मिल्याे । हिजोको दिनमा कहाँ के कस्तो भयो अभिलेख गर्न मन लाग्यो। घरमा हिजो आफन्तहरूको आवट जावट वढिरहेको थियो । हिजो २०८२/१/२६ गते खुसीको शुक्रावारको दिन थियो । नानी निशा लघुको विवाह फागुण महिनामा मिति:-२०८०- फागुण ४ गते र छोरा अमितकुमार लघुको छाेरा रचित कुमार लघुको ब्रतवन्ध गरेको सम्झना योग्य देखियो। किन कि को विवाह गरेको र वतवन्ध गरेको समयले दुई वर्षले टच गरेको समय झल्यास याद दिलायो । म पनि आफ्नै रगतको नाताको सन्तानहरूकाे छोरा र छाेरीहरूको मायाले म आज तीन नाति र नातिनाहरूको बाजे बन्ने माैका जुर्यो त्यसैले आज मलाई घोषित र अघाेषित रूपमा मनले सन्तोषको श्वास फेर्ने अवसर मिल्यो । मिति २०८२/२/२६ गते निशा लघुकाे छाेरी मेरो नातिनीको न्वाराको दिन हो । छोरी निशा लघुलाई आजले १४ दिन अगाडि भक्तपुरको सिध्दि मेमोरिएल अस्पतालमा शरिरमा गडवडी आएर भर्ना गर्न लग्यो । ठिकै भयो । किन के भयो भनी उसकी आमा सित सोध्दा भर्ना गरेर राखेछ रे ! हरेक महिला एक दिन आमा बन्ने निश्चित हुन्छ छोरी निशा आमा बन्नु भयो। हिजो ठिकै त्यही नातिनीेको न्वारान परेकोले खुसी भए । त्यसको सबै जिम्मेवारी नातिनीको थाप्लोमा लिनु भयो । हिजोको अघिलो दिनै आफ्ना आफन्त जनहरूलाई सूचना भएको अनुसार विभिन्न सर सामानहरू तयार पार्नलाई बहिनीहरू ज्वाईहरू,आमा बुबा,बुहारीहरू छोराहरू सासू दिदी,भाईहरू,छोरी र सालीले खाना खाजा तरकारी तयार पार्नु भयो। करिव १:४५ को समयमा सम्पूर्ण सर सामानहरू लिएर छोरी निशाको घर जगातीमा भेला भएर न्वारानको दिनलाई आफन्तहरू भेला भएर सफल कार्यक्रम भएकाे दिन गुड फ्राई देको दिन हो । अहिले नानीकाे स्वास्थ मैले उसको हजुर आमासित सोध्दा ठिकै छ जवाफ पाएको छु । यतिको हन्दर खपेर म आफ्नो साहित्यिक यात्रामा मेरो मन लाला बाहादुर भुजेलको साहित्यिक कार्यक्रममा दाैडिरहेको थियो । एका विहानै मेरो मनले मलाई भन्यो आज जे जस्तो सामना गरेर पनि साहित्यिक कार्यक्रममा जानुपर्छ भने सूचना मन मष्टिष्कमा तरंङ्ग दाैडि- रहेको थियो। हिजो मैले साहित्यिक सभा नियमित कार्यक्रम थियो सामेल भए। मैले मेराे साहित्य कविता:- अन्धो बहिरो सरकार कविता पाठ गरे । थुप्रै दिगज लेखक साहित्यकारहरू पाल्नु भएको पाए । साहित्यिक कार्यक्रम भक्तपुरको सल्लाघारीको अक्सफोर्ड कलेजमा भएको थियो । निकै लामो समय साहित्यिक विषयमा रचनाहरू र एक आपसमा साहित्यकारहरूले र साहित्यकारहरूको लेखनले समाज पारेको प्रभाबको वारेमा दिगज साहित्यकारहरूले समीक्षा गरेको पाए । त्यहाँ साहित्यिक समयले खुसी नै तुल्यायो । लाल बाहादुर भुजेल सरले एक जना साथी लिईएर आउनुस् भन्नू हुन्थो । मैले लिएर जान सक्या छैन् । कार्यक्रम राम्रै लाग्यो सो कार्यक्रम चाँगु नारायण साहित्यिक समाजले गरेको थियो । सम्पूर्ण दुवै तर्फका समाजका गुणिला व्यक्तित्व -हरूलाई विशेष धन्यवाद छ । भाइ बहिनीहरू यो सामाग्रीलाई ध्यान दिएर पढ्नुस् । साथीहरूलाई पढ्न उत्साहित गर्न शेयर गर्नुस् । दिगज असल लेखक पदम दाहाल सरले मलाई पद्म केशर भन्ने गीत संङ्ग्रह पुस्तक उपहार दिने भएकोमा उहाँ पदम दाहाल सरलाई मुरिमरी धन्यवाद छ , फेरि धन्यवाद । २०८२/१/२७ गते भक्तपुर ,