जिउँन गाह्रो छ ?
बैशाख २०, २०८२, शनिबार | विहान ०२:३० बजे | 75
कुमार लघु,भक्तपुर
भाइबहिनीहरू नमस्कार छ, मलाई मेरा बुबा,आमा,बाजे बजै र परिवारले अन्न उत्पादन गर्न गरेका संघर्षका दिनहरू झल्झलि याद आईरहेको हुन्छ । मेरा बाजे, आमा,बुबा र बजैले बिताएकाे जिवनका संघर्षले आफूलाई पनि खेतीपातीले मेहनत गर्न सिकाएका छन् । जिवनले फूर्सत लिन हुन्दैन् । मेहनत र कोशिशहरू गरिरहन पर्छ । ऐश आराममा वस्नु हुन्दैन् । पढाईमा आफ्नाे कर्म क्षेत्रमा निरन्तर लागि रहनु पर्छ । साँचै मानव जीवनले पृथ्वी जन्म लिएर अवतरण भैसके पछि जीवन जिउँन कठिन छ। आमा वुबा आफू ठूलो हुन्दा मानिसको आधा जीवन ढल्कि सकेको हुने रहेछ । आफूलाई र छोराछोरीलाई हुर्काउन नै जिवनले पृथ्वीमा काफी संघर्षले जीवन थलिएको पाएको छु । मेरो बुबा,आमा र अन्य छिमेकको आमाबुबाले जिउन र सन्तानहरूलाई नै हुर्काउन हबाल दु:ख कष्टहरूले जीवन गुजार्न थुप्रै समय लाग्यो । मेराे बाजेले पढ्न र समाजमा जिउँन संघर्ष गर्न उत्साहित गरेको थियो । विहान चाँडै उठ्ने शारिरीक र बाैध्दिक अभ्यास गर्न हरेक दिन विहान विध्यार्थी जिवनमा पढ्न र समाजसित लसपस र साथ संगत गर्न हरदिन शिक्षण कक्षामा ज्ञान गुण दिनु हुन्थो । त्यसैले गर्दा म साना मै परिवारलाई सहयोग गर्थे । धेरै वर्षसम्म त मेराे परिवारमा म एक्लै सन्तान थिए । त्यसैले सबले माया ममता थियो दियो । मलाई मेराे परिवारका सदस्यहरूले शिक्षा ग्रहण गर्न लगाउन उत्साहित गरिरहनु हुन्थो । एक पटक त मैले स्कुल छोडिसकेको थिए । फेरि बाजे र बुबाले सम्झाई बुझाई स्कूलमा भर्ना गर्न लगेको झल्झलि याद मन र मष्टिष्कमा ताजापनमा आईरहन्छ । मैले सकेको मेहनत त गरेकै हाे । म मध्यम खालकाे विध्यार्थीमा पर्न आउँछ । भाइ बहिनीहरू पढ्नु लेख्नु भनेकै आमा बुबा शिक्षकहरूले अरू कसैले लुटेर लिन नसकिने गुण एक प्रकारको अमूल्य व्यक्तिगत सम्पत्ति दिने दियो हाे है । लाै आजलाई यही नै भाइ बहिनी अब आउने सन्ततीहरूलाई विचार लिई यो लेख भनाै कुरा लेखी यही नै राेक्ने अनुमति माग्दै भाइ बहिनीहरूले पनि मेहनत र परिवारको योगदान जिवनमा आमा वुवाले गरेको संघर्षलाई मनन गरि अगाडि वढ्न सकाेस् र जिवनलाई समय सित डो-र्याउन सकोस् भन्दै विदा हुन चहान्छु । पृथ्वीमा जिउँन गाह्रो छ। संघर्ष गर्ने मनमा राखी समाजमा प्रतिष्ठि बनसकोस् । नमस्कार , २०८२/१/२० गते