नयाँ गजल बजारमा


बैशाख २०, २०८२, शनिबार | विहान ०२:१४ बजे | 215


नयाँ गजल बजारमा

म बर्साऊँ कि जल गजलका कुराले भिजाऊँ मरुस्थल गजलका कुराले ।। -- कवि तथा गजलकार उत्तम विचारले गजलका कुरा नामको नयाँ गजल बजारमा ल्याएका छन् । बादल वर्षा, बिजुली, मरुस्थल, मन, मुटु, नदी, प्यास, प्रेम, समर्पण आदिलाई विषय बनाएर अघि बढेका गजलका सेरहरू सुन्दै जाँदा अब के हुन्छ भन्ने कौतुहलता बढ्दै जाने खालको सम्रचनामा रहेको गजलका विज्ञ एवम् पारखीहरूले बताउँदै आएका छन् । अहिले निकै चर्चाको चुलीमा रहेकी गायिका बबिना भट्टराईको स्वर एवम् सङ्गितमा सजिएको उक्त गजलमा बिनोद भुजेलको एरेन्ज रहेकोछ भने मिक्सिङ मास्टरिङ प्रकाश खरेलको रहेकोछ । ए जे अजुले डाइरेक्सन गरेको गजलका कुराको रेकर्डिङ नकुल कार्कीले म्युजिक नेपालमा गरेका हुन् । गजल बबिना भट्टराईको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएकोछ । नेपाली गजल आकाश थप चौडा हुँदै गएको परिप्रेक्षमा अर्को एउटा बादलको चोइलो चोइलो थपिएको भान गरेकोछु भन्ने गजलकार उत्तम विचारका यस गजललाई तपाईं तमाम पाठक श्रोताले सुनेर हेरेर न्याय दिनुहुनेछ भन्ने अपेक्षा रहेकोछ ।।

Comments