अन्तर्विमर्श कार्यक्रम सम्पन्न
बैशाख १३, २०८२, शनिबार | दिउँसो १२:५३ बजे | 165
शब्दयात्रा प्रकाशनले दुई पुस्तकका विषयमा अन्तर्विमर्श कार्यक्रम सम्पन्न गरेको छ । यही वैशाख १३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा भएको कार्यक्रममा श्याम अधिकारीद्वारा लिखित ‘आर्यजातिको आदिम वैदिक सामाजिक प्रणाली’ र पुस्तकका बारेमा डा. नन्दीश अधिकारी र शारदाप्रसाद शर्माले तथा पोष चापागाईंद्वारा लिखित ‘सेतो मृग’ नियात्रासङ्ग्रहका बारेमा डा. श्याम भट्टराई र मच्छेश्वर सापकोटाले टिप्पणी गर्नुभएको थियो । टिप्पणीमा उठेका प्रश्नहरूको उत्तर कृतिकारद्वयले दिनुभएको थियो । अन्तर्विमर्शमा ‘आर्यजातिको आदिम वैदिक सामाजिक प्रणाली’ लाई कृतिकारले थैलीबाट पुस्तक झिकेर तथा ‘सेतो मृग’ लाई कृतिकारले अन्तर्विमर्श कार्यक्रमको तुल टाँगेर सार्वजनिक गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सञ्चालित त्यस कार्यक्रममा कमलामाई नगरपालिकाका पूर्वप्रमुख खड्गबहादुर खत्री र अधिवक्ता तथा लेखक स्वयम्भू शाक्य अतिथि हुनुहुन्थ्यो । प्रा. डा. बद्रीविशाल पोखरेलले कार्यक्रमको समुद्घाटन र आजीवन सदस्य कृष्णमणि कुइकेलले उद्घोषण गर्नुभएको कार्यक्रममा अतिथि स्वयम्भू शाक्यलाई आजीवन सदस्य केदारनाथ तिमल्सिनाले शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार प्रदान गर्नुभएको थियो । कार्यक्रममा हरि मञ्जुश्रीद्वारा सम्पादित ‘शब्दचित्रमा मोहन दुवाल’ पुस्तिका वितरण गरिएको थियो ।