शङ्कर भारती तथा भागीरथी श्रेष्ठलाई सम्मान गरिने
बैशाख ६, २०८२, शनिबार | दिउँसो ०३:५३ बजे | 125
शैली साहित्य समाज नेपालले साहित्यकारहरूको सम्मान गर्ने भएको छ । नयाँ वर्ष २०८२ एवं २५८७ औँ बुद्घ जयन्तीको अवसरमा यस्तो सम्मान गर्न लागिएको शैली साहित्य समाजकी अध्यक्ष मञ्जुश्री के.सी.प्रधान “रानू”ले जानकारी गराउनुभयो । वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठ र उपन्यासकार शङ्कर भारती लगायतलाई यस्तो सम्मान गर्न लागिएको हो । सम्मानित व्यक्तित्वहरूको चयन चैत्र २५ गते बसेको समाजको कार्यसमितिको बैठकले गरेको थियो । यही २०८२ साल बैशाख बीस गते कविगोष्ठी कार्यक्रम गरी स्रष्टाहरूलाई सम्मान गरिने तय भएको व्यहोरा शैली साहित्य समाजका व्यवस्थापक रामकुमार पण्डितले जानकारी गराउनुभयो ।