जि शाहको कविता


बैशाख ३, २०८२, बुधबार | दिउँसो १२:२८ बजे | 120


जि शाह 
न झुकेको छु 
नझुक्न दिन्छ
चन्द्र सूर्य झण्डा हाम्रो 
खाएको छु कसम 

पवित्र माटोको 
मर्नु परे यसैमा मर्नुपर्नेछ। 
हामी नेपाली हौँ 
हामी नेपालीका हौँ। 

हामी एक छौँ 
एक रहने छौँ 
नछुटेका छौँ 
न छुटाउन दिन्छौं

हामी नेपाली हौँ 
हामी नेपालका हौ
छ हिमाल शिरमा हाम्रो 
छ मेची काली पाखुरामा

छ पहाड छातीमा हाम्रो 
छ तराई हराभरा राम्रो 
शान्तिका पुजारी हामी हाम्रो
वीरको गाथा बोकेको राम्रो

आइपरेकालाई जाइपर्ने छँदैछ 
हामी नेपालका हौँ 
हामी नेपाली हौँ 
हामी एक छौं 

एक रहनेछौं 
न छुटेका छौँ 
न छुटाउन दिन्छौं 
हामी नेपाली हौँ।

Comments