अभिनन्दनमा शब्दयात्रा प्रकाशन सहभागी


2025-04-16 12:17:56

News Image

साहित्यकार, चित्रकार तथा जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन समारोह सम्पन्न भएको छ । सो समारोहमा ३८ वटा संस्थाको सहभागिता थियो । त्यसमध्ये शब्दयात्रा प्रकाशनको प्रतिनिधिका रूपमा आजीवन सदस्य डा. इन्दुल केसी सहभागी हुनुभयो । अभिवन्दनापत्र समर्पण गर्ने संस्थाहरूमध्ये शब्दयात्रा प्रकाशन पनि एउटा भएकाले डा. इन्दुल केसीले शब्दयात्रा प्रकाशनका तर्फबाट नरेन्द्रबहादुर श्रेष्ठलाई अभिनन्दन गर्नुभएको थियो । अभिनन्दन समारोहमा सार्वजनिक गरिएको अभिनन्दनग्रन्थमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशन र नरेन्द्रबहादुर श्रेष्ठको सम्बन्धका विषयमा लेख्नुभएको लेख पनि रहेको छ । त्यो अभिनन्दनग्रन्थ शब्दयात्रा प्रकाशन पुस्तकालयले प्राप्त गरेको छ । नरेन्द्रबहादुर श्रेष्ठमा अभिवन्दना समर्पण गर्ने अवसर दिएर ‘नरेन्द्रबहादुर श्रेष्ठ आलेख र अभिलेख’ नामक अभिनन्दनग्रन्थ उपलब्ध गराएकोमा आयोजक संस्था साहित्यिक पत्रकार सङ्घप्रति शब्दयात्रा प्रकाशनले हार्दिक आभार प्रकट गरेको छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *