अरुण ‘नदी’ तथा ‘मौनता’ सम्मानित
जयराम बिडारी
काठमाण्डौ, सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा टोखा नगरपालिकामा आयोजित कार्यक्रममा करिव पन्ध्र सय विभिन्न बिधाका पुस्तकका समीक्षा लेखिसकेका वरिष्ठ समीक्षक तथा साहित्यकार अरुण ‘नदी’ खत्रीलाई ‘’अविरल समालोचना साधक बुढानिलकण्ठ’’ तथा कवि रेणु अधिकारी ‘मौनता’ लाई ‘’अविरल साहित्य साधक टोखा ‘’ विभुषण द्वारा विभुषित गरिएको छ । शनिबार टोखा नगरपालिकाको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरी वरिष्ठ लेखक तथा साहित्यकार द्वारिका श्रेष्ठको प्रमुख आतिथ्यमा केन्द्रका अध्यक्ष तथा इन्जिनीयर स्वजन स्वराज शाक्यको अध्यक्षता एवं टोखा नगरपालिका नगरप्रमुख प्रकाश अधिकारीके विशेष आतिथ्य लगायत अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजका अध्यक्ष होम सुवेदीको आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ लेखक तथा साहित्यकार द्वारिका श्रेष्ठ लगायत उपस्थित अतिथिहरुले सर्वाधिक समीक्षा लेखेर उत्कृष्टता हासिल गरेका समीक्षक तथा साहित्यकार अरुण नदी खत्री तथा टोखा नगरपालिकाका साहित्यिक गतिविधिमा सशक्त रुपमा क्रियाशील रहेकी साहित्यकार रेणु अधिकारी ‘मौनता’ लाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मानित गरिएको थियो । नगर प्रमुख प्रकाश अधिकारीले यस्ता कार्यक्रमबाट सम्मानित तथा पुरस्कृत सर्जकलाई यस्ता उत्साह मिलेको बताए । भने प्रमुख अतिथि द्वारिका श्रेष्ठले संस्था स्थापना गर्नु भन्दा पनि निरन्तरता दिन अत्यन्त संघर्ष गर्नुपर्ने बताउँदै अक्षलोक साहित्य केन्द्रको प्रशंसा गरे । उक्त अवसरमा सम्मानित खत्रीका बारेमा नवराज रिजालद्वारा प्रकाश पारिएको थियो भने अर्का सम्मानित मौनताका बारेमा कार्यक्रम सञ्चालकको भूमिका निभाएका नरबहादुर बिसीले प्रकाश पारेका थिए । उक्त अवसरमा डा. चन्द्रबहादुर केसीद्वारा अक्षलोकका प्रधान सम्पादक स्वर्गीय प्रा. सिद्धिश्र्वरमान श्रेष्ठका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा अक्षलोक साहित्य केन्द्रका संरक्षक डा.सावित्री श्रेष्ठद्वारा उपस्थित अभ्यागत हरुलाई स्वागत गर्दै संस्थागत गतिविधि लगायत पदाधिकारी परिचय एवं महेशराज खरेल तथा प्रा. पोषराज चापागाईंकृत पुस्तक परिचर्चा समेत गरिएको थियो । कार्यक्रम समापन पश्चात टोखा छहरे,झोंक झरना,सपन तिर्थ चण्डेश्वरी सतिदेवी कुण्ड हुँदैा बुढानिलकण्ठ सम्म साहित्यिक पदयात्रा समेत गरिएको थियो ।