२०८१ सालको बित्यो काल


बैशाख १, २०८२, सोमबार | विहान ०१:१९ बजे | 40


२०८१ सालको बित्यो काल

   
सुनील सापकोटा,कौसलटार 

नेता हाँस्दा पीडा बढ्थ्यो 
गुन्डा – माफियाले घाउ थप्थ्यो 
रित्तो हात विचारा जनता 
सत्ता विदेशीको प्रभावमा सधैं बित्यो 

विदेश उडे युवाहरु सपना बोकेर 
आमाको आँखा भिजे नित्य रोएर 
रित्तो रह्यो आँगन भयो शन्यू  घर 
बाबुको सहारा त्यसै गयो बगेर 

सत्य लेख्न डराउँथे कलम 
निरंकुश शान्ति संगै गयो दम 
बोल्न नसक्ने बुद्धिजीवीहरुले 
कसरी थाल्लान् बिकासको क्रम

भोट हाले भ्रमको मेलामा
घाम हरायो स्वार्थको छायामा 
लोकतन्त्रको खोलभित्र 
हाँस्दै रमायो नेता भ्रष्टाचारमा 

अब चुप लाग्नु देशद्रोह हो
मौन रहनु आफैँमाथि शोक हो
जागौं, बोलौं र लेखौं मित्रहरु हो !
राष्ट्र हाम्रो अन्तिम मोह हो 
धन्यवाद !                                          नववर्ष २०८२को शुभकामना !

Comments