कुल शिरोमणि दाशु स्मृति प्रतिष्ठानको प्रकाशकत्वमा दुई कृति सार्वजनिक
चैत २७, २०८१, बिहीबार | विहान ०४:२९ बजे | 200
काठमाडौं । दाशु कुल सन्तति सम्बध्द दुई कृतिहरू जसमा ’कल्पवृक्छ्य वाटिका ः कमलादेवी दाहाल ’प्रधान सम्पादक पदम दाहालद्वारा सम्पादित कृति– १ र गीतकार पदम दाहालद्वारा रचित ’पद्म केशर’नामक दोस्रो कृतिसमेत गरी दुवै कृतिलाई अनुपम फुडल्यान्ड बत्तीस पुतलीको सभाहलमा सामुहिक रूपमा लोकार्पण गरिएका छन् ।
कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानकै प्रकाशकत्वमा प्रकाशित उक्त कृतिहरूको लोकार्पण समारोहको अध्यक्छ्यता प्रतिष्ठानका अध्यक्छ्य मुकुन्दप्रसाद दाहालद्वारा भएको थियो । कार्यक्रमको संचालन सुशीलराज दाहालबाट भएको थियो ।
स्मृति ग्रन्थमाथि प्रकाश पार्ने काम प्रधान सम्पादकबाट, समालोचनात्मक टिप्पणी प्राडा हेमचन्द्र नेपालबाट,’पद्म केशर’गीतसङ्गहमाथिको समालोचनात्मक टिप्पणी डा सीता सुवेदी पन्थीबाट त अन्तमा दुवै कृति माथिको गहन विश्लेषण पद्मकन्या क्याम्पसका सहायक क्याम्पस प्रमुख विमला नेपालबाट गरिएको थियो । दाशु सन्ततिजन, मादीनिवासी दाहाल बन्धुबान्धव, कुलकुटुम्ब, आफन्तजन,
वरिष्ठ साहित्यकारहरूको व्यापक उपस्थिति बीच कार्यक्रम आयोजक कमलादेवीका पुत्ररत्न नवेन्द्रराज दाहाल लगायत विभिन्न वक्ताहरूले आ–आफ्ना विचार र मन्तव्य राखेका थिए । कार्यक्रम भव्य र सभ्यरूपमस सम्पन्न भएको थियो ।