महावीर जयन्ती
सुनील सापकोटा, कौसलटार
आज भगवान महावीर जयन्ती। महावीर जैन धर्मका २४ औं तीर्थंकर हुन् । उनको जन्म ईसा पूर्व ५९९ मा भारतको वर्तमान बिहार राज्यस्थित वैशाली नजिकको कुण्डलपुरमा भएको थियो। उनको बाल्यकालको नाम वर्धमान थियो। महावीरले संन्यास लिन आमाबाबुको अनुमति मागेका थिए अरे। तर बाबुआमाको मृत्यु पछि दाजुले उनलाई रोक्न खोजे पनि सकेनन् भन्नेछ। उनको दर्शनमा मनको हिंसा पनि पाप हो। बाल्यकालमा उनले आक्रमणकारी हातीलाई निडर भएर वशमा पारेको हुँदा "महावीर" भए अरे। उनले पाँच व्रत (अहिंसा, सत्य, अचौर्य, ब्रह्मचर्य, अपरिग्रह) सिखाए। "अनेकान्तवाद" अनुसार सत्य धेरै पक्षीय हुन्छ। महावीरको भनाइमा मानिसले आफ्नै प्रयत्नले देवत्व प्राप्त गर्न सक्छ। उनको जीवन आत्मविकासको मार्ग हो। उनले १२ वर्षको कठोर साधना पछि ज्ञान प्राप्त गरे भन्ने छ। उनको शिक्षाले करुणा, संयम र आत्मनियन्त्रणमा बल दिन्छ। आज महावीर जयन्तीको अवसरमा उनको जीवन र शिक्षालाई सम्झने, आत्म शुद्धिको अभ्यास गर्ने र अहिंसाको मार्गमा चल्ने प्रेरणाको दिन हो भन्ने मलाई लाग्छ। धन्यवाद !