साहित्यमा राजा ज्ञानेन्द्र


चैत २५, २०८१, मङ्गलबार | दिउँसो ०१:५५ बजे | 130


जि शाह
कोशिश गर अवश्य हल निस्किन्छ 
आज नभएं पनि भोलि निस्किन्छ

अर्जुनको लक्ष्य राख निशाना खोज 
मरुभुमिबाट पनि त पानी निस्किन्छ

मेहनत गर फूललाई पानी देऊं 
सुक्खामा पनि फेरि फल निस्किन्छ

तागत जुटाउं हिम्मतलाई आगो देऊं 
कमजोरको पनि फेरि बल निस्किन्छ

शिरमा उम्मीदलाई ज्यूंदै राख्ने गर 
समुन्दरबाट पनि त गंगाजल निस्किन्छ

कोशिश गर्दै जाऊं केहि गर्दै जाऊं
जे रोकेको छ अहिले भइ निस्किन्छ

कोशिश गर अवश्य हल निस्किन्छ 
आज नभएं पनि भोलि निस्किन्छ
 

Comments