साँंच्चै समृद्ध नेपाल, सुखी नेपाली वन्दैछ ?


2025-04-06 05:46:46

News Image

खाडीमा जनता ठेल्दैछ
खाडीमै जनता रुदैछ
खाडीबाट लास आउँंदैछ
सुखी नेपाली भन्दैछ । 
भक्तपुर साहित्यिक समाजको आयोजनामा भक्तपुरमा भएको साहित्य वाचन कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं ८ बासी साहित्यकार सूर्यराम श्रेष्ठले वाचन गरेको कविताको पहिलो हरफ हो यो । 
उनले कवितामा अगाडि लेखेका छन्
श्रृणमा देश दुव्दैछ
श्रृणमै देश रुदैछ 
श्रृणबाट विकास आउँंदैछ 
समृद्ध नेपाल भन्दैछ ।
यस्तैयस्तै देशमा विकृति, विसंगति, समस्याको पहाडले देश चुलीमा पुगे पनि यस्तैयस्तै अवस्थालाई नै देशमा समृद्ध नेपाल, सुखी नेपाली भन्दै आएको व्यंग्य कवितामा थियो । यस्तै विकृति विसंगति अनि समस्यालाई समृद्ध नेपाल, सुखी नेपाली भन्ने हो भने ठिकै रहेको कबिको भाव थियो । 
देस, समाज, राजतीतिका विकृति विसंगतीलाई साहित्यमार्फत अझ वढी कवितामार्फत व्यंग गर्दै साहित्यवाचन कार्यक्रम भएको थियो । भक्तपुर साहित्यिक समाजसहित जनसञ्चार एफएम, टिभी र स्वतन्त्र पत्रकार संघ भक्तपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । भक्तपुर साहित्यिक समाजको २५ औं स्थापना दिवसको अवसमा ७६ औं घुम्ती साहित्य श्रृखला भएको थियो । 
कार्यक्रममा राजनीतिप्रति मात्रै लक्षिण थिएन् । बरु मायाप्रेम लक्षित कविता पनि उतिकै वाचन भएका थिए । साहित्यकार ईश्वर थोकर तिम्रो नाममा कविताको शीर्षकमा लेख्छन्
तिम्रो नामलाई मैले पातमा लेखें
माटोमा लेखें
ढुंगामा लेखें
स्कुलको डेक्स वेन्चमा लेख
ह्वाइटवोर्डमा लखे
घरको स्कुलको भितामा लेखें
तिम्रो नामलाई मैले कहाकहाँं लेखिन ?
मेरो मुटुमा लेखें । 
कार्यक्रममा नयाँं तथा पुराना कविहरुले आआफनो साहित्य वाचन गरेका थिए । १७ वर्षीया नवकवि पूजा साखकर्मी जीवनकोबारेमा लेख्छिन् 
जीवन एउटा पाटो हो जस्तो लाग्छ मलाई
तर मैले अहिलेसम्म जीवन के हो भनेर बुझ्दै सकिन । 
कार्यक्रममा १७ देखि ७० वर्षसम्मका दुई दर्जन कविता वाचन गरिएका थिए । काशीराम विरस, विमला शर्मा, लक्ष्मीप्रसाद कासुला, एलके सुन्दरलगायतले कविता वाचन गरेका थिए । साथै दृष्टिविहीन सुरेशराज भण्डारी र सुजित गुरुगले पनि कार्यक्रममा आआफना कविता वाचन गरेका थिए ।
कार्यक्रममा भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकर्मीले समाजले विभिन्न समयमा विभिन्न साहित्यिक कार्यक्रमहरु गर्दै आएको जानकारी गराए । आउँंदो असार महिनामा शव्द रोपाई नाम दिएर साहित्य वाचन कार्यक्रम गर्न लागेको जानकारी उनले गराए । 
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *