गोकर्णेश्वर नगर साहित्य पुरस्कारबाट त्रिपाठी र चालिसेलाई पुरस्कृत गरिने


2025-04-04 02:41:05

News Image

काठमाडौं/ यस वर्षको गोकर्णेश्वर साहित्य पुरस्कार प्रा.डा. वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गरिने भएको छ । भाषा, साहित्य, कला, संस्कृति लगायतका माध्यमबाट राष्ट्रिय योगदान पुर्याएकोमा सम्मान स्वरुप प्रा. डा. त्रिपाठी तथा चालिसेलाई अर्पण गरिने भएको हो । साहित्यकार द्वय गोविन्दप्रसाद घिमिरे ’वेदमणि’ तथा बाजुराम पौडेलको चयन समितिको सिफारिस अनुसार पुस्कृत स्रष्टाहरूको घोषणा गरिएको हो । नगर साहित्य पुरस्कार तथा सम्मान कार्यक्रम २०८१ चैत्र २२ गते (शुक्रवार) अपराह्न गोकर्णेश्वर ८ बेसीगाउँमा आयोजना हुने छ । पुरस्कृत साहित्यकारहरूलाई दोसल्ला, अभिनन्दन पत्र तथा फूलमालाले सुसज्जित गर्दै जनही १ लाख रुपैयाँको पुरस्कार अर्पण गरिने नगरपालिकाले जनाएको छ । सो समारोहमा यस नगरपालिकाको आर्थिक अनुदानमा प्रकाशित तीन बृहत् ग्रन्थहरूको लोकार्पण समेत हुने जनाइएको छ । गत वर्ष प्रा.डा. ऋषिराम पोखरेल र गीतकार एवं वरिष्ठ कवि कञ्चन पुडासैनीलाई उक्त पुरस्कारले सम्मानित गरिएको थियो । नगरपालिकाले शिक्षा–स्वास्थ्य, कला–साहित्य–संस्कृति, पूर्वाधार विकास तथा खेलकुद लगायत विभिन्न क्षेत्रमा गर्दै आएको योगदानकालागी नागरिक स्तरबाट मात्र नभै देश विदेश बाट पनि प्रशंसा पाउदै आएको नगर प्रमुख दीपक कुमार रिसालले बताउनुभयो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *