नेपालभाषा साहित्य तःमुज्या यस वर्ष महालक्ष्मी नगरपालिकाको सिद्धिपुरको देवननीमा हुने


चैत ११, २०८१, मङ्गलबार | दिउँसो ०३:२३ बजे | 85


नेपालभाषा साहित्य तःमुज्या यस वर्ष महालक्ष्मी नगरपालिकाको सिद्धिपुरको देवननीमा हुने

ललितपुर । ‘जनता म्वासा भाषा म्वाइ’ (जनता रहे भाषा भाषा रहन्छ) भन्ने मूल नाराका साथ विगत केही वर्षदेखि ललितपुरमा हुँदै आइरहेको नेपालभाषा साहित्य तःमुज्या यस वर्ष महालक्ष्मी नगरपालिकाको सिद्धिपुरको देवननीमा हुने भएको छ ।
उक्त चौथो नेपालभाषा साहित्य सम्मेलनमा जनपक्षीय साहित्यहरू वाचन गर्न चाहनेहरूलाई चैत १८ गतेभित्र साहित्य बुझाउन आयोजक समितिले अनुरोध गरेको छ । साथै कार्यक्रम भव्यरूपमा सफल पार्न आर्थिक एवम् भौतिक सहयोगको लागि शुभेच्छुकहरूमा अनुरोध गरिएको छ ।

ग्वसाखलका संयोजक सुजिता महर्जनका अनुसार सम्मेलनमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।

Comments