स्ववियु निर्वाचन
चैत ८, २०८१, शनिबार | विहान ०१:३७ बजे | 20
विद्रोही आर.के.
स्ववियु निर्वाचनको आशा, थियो धाधलीरहित,
तर भएन नि निष्पक्ष, आयो फर्जिमतसहित ।
मासुभातमा साटियो मत, लोभ लालचमा बेचियो,
ठेकेदार संघसंग कमिशन खाने जिताइयो ।
निःशुल्क शिक्षाको लागि मतदान, डरधम्कि देखाइयो,
सत्यको उज्यालो निमेषमै अन्धकारले खाइयो ।
गुणस्तरीय शिक्षाको लागि, थियो राजनीति,
उद्देश्य थियो विद्यार्थीको, भयो फेरी कुनीति ।
तर सत्य डग्दैन, असत्य टिक्दैन,
बेइमान गर्नेलाई आउँछ अवश्य सजायको दिन ।