सिन्ताकलाको भजन स्वाँमा (भजन भक्तिमाला) सार्वजनिक
भक्तपुर । रचनाकार नारायणसुन्दर सिन्ताकल भक्तपुरद्धारा लिखित भजन स्वाँंमा (भजन भक्तिमाला) बुधबार भक्तपुरको बाराहीपीठमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । समाजसेवी डा इन्दुल केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तकको प्रकाशक सिन्ताकल परिवार चुनदेवी आलाबुँ सूर्यविनायक नगरपालिका वडा नं ५ भक्तपुर रहेको छ । पुस्तकमा विभिन्न भजनहरु समाविष्ट छन् । पुस्तक ४१ पृष्ठको छ ।
कार्यक्रममा हरिबहादुर थापा, हरि मञ्जुश्री, सत्यनारायण मानन्धर, मञ्जु नकर्मी, प्रताप रानामगर, राधेश्याम न्यौपाने, उद्धब सुजखू, पुष्पलाल सुजखू, पुन्यराम सुवाल, कमला चगुठी, शंखबहादुर सिन्ताकलालगायका अतिथि रहेका थिए ।
विमोचन कार्यक्रमको सभापतित्व धनेश्वरी सिन्ताकलले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सरला सिन्ताकलले गरेकी थिइन् ।