खोजबिन : मध्यकालिन एक साहित्यकार पद्मनाभ सापकोटा
फाल्गुन २०, २०८१, मङ्गलबार | विहान ०५:०६ बजे | 175
सुनील सापकोटा
स्वर्गीय पद्मनाभ सापकोटा नेपालका १०० बर्ष भन्दा पनि पुरानो एक लेखक ,उपन्यासकार,कवि र साहित्यकार हुनुहुन्थ्यो। उहाँले त्यो समयको कालखण्डमा नेपाली साहित्यमा चार - पाँच पुस्तक हरु लेखी प्रकाशिन गरेर नेपाली साहित्यमा ठुलो योगदान गर्नु भएको देखिन्छ । तर दु:खको कुरा के छ भने हाम्रो प्रज्ञा प्रतिष्ठान संग उहाँको नकुनै पुस्तकहरु छन , नकुनै अभिलेख नै छ । उहाँ नेपाली रास्ट्रिय काङ्ग्रेस का संस्थापक अध्यक्ष एवं प्रजातान्त्रिक सेनानी स्वर्गीय सुब्बा देवी प्रसाद सापकोटाका जेठा छोरा हो। नाताले पद्मनाभ सापकोटा मेरो हजुरबुबा डा. लक्ष्मीप्रसाद सापकोटा को जेठो दाजु पनि हो। सुब्बा देवी प्रसाद सापकोटाको तीन भाइ छोरा र दुइ छोरीहरु थिए। सुब्बा देवीप्रसाद सापकोटा लाई तत्कालीन प्रधानमन्त्री श्री३ चन्द्र शम्सेरले देशद्रोही बनाइ सर्वश्व हरण गरि देश निकाला गर्दा त्यो बेला उहाँ कलकत्ताको कुनै कलेजमा बि .ए . मा अध्ययन गर्दै हुनुहुन्थ्यो भन्ने छ । दुई बर्ष अधि कौशकी साहित्य प्रतिष्ठान काठमाडौंले कुनै लेखकको पुस्तक विमोचन कार्यक्रममा मलाई आमन्त्रण गरेको हुँदा म नेपाल प्रज्ञा प्रतिष्ठान गएको थिए। त्योबेला मैले नेपाल प्रज्ञा प्रतिष्ठानका एक कर्मचारीलाई लेखक तथा उपन्यासकार पद्मनाभ सापकोटाको फोटो,उहाँका कृतीहरु तथा केही सूचनाहरु भए मलाई दिनुहोस् । म उहाँको परिवारको मानिस हुँ भनेर माग गर्दा त्यहाँ पुराना साहित्यकारहरुको कुनै अभिलेख नै रहेनछ । जबकी बि.सं. २०२४/ ०२५ साल सम्म सो प्रतिष्ठानको भित्तामा पद्मनाभ जीको फोटो टाँकिएको थियो । सो फोटो मैले आफ्नै आँखाले देखेको हो भनी पद्मनाभजी को भान्जा स्वर्गीय बिष्णुप्रसाद लामिछानेजी ले मलाई २०३० सालतिर भन्नु भएको थियो । यो कुरा मेरो मानस पटलमा अझै ताजा भएकोले मैले त्यहाँ खोजबिन गरेको थिए । तर त्यो फोटो त्यहाँ रेकर्डमा देखिएन्। उहाँका कुराहरु खोज्ने क्रममा बल्ल नयाँ र पुराना साहित्यकारहरुको एउटा पुरानो संक्षिप्त परिचय पुस्तक भेटियो । सो पुस्तकमा पद्मनाभको संक्षिप्त परिचय रहेछ । त्यसैलाई मैले आफ्नो मोबाइलमा सो फोटो खिचेर यहाँ पोस्ट गरेको हुँ। अन्त्यमा, एकजाना मेरो मित्रले गफको सिलसिलामा मलाइ भन्ने गर्नु हुन्छ - " हामी कविला जीवन बाट भरखरै माथी उठदैछौं । त्यसैले हाम्रो देशमा अदालतका केही मिशिलहरु,राजाहरुका इतिहासहरु बाहेक कुनैपनि पुराना गम्भीर प्राकृतिका घटनाका कागजातहरु, महत्वपूर्ण विषयहरु र जनताका कुराहरुमा पहिले देखिनै हाम्रो अभिलेख राख्ने प्रचलन भएन र सो को ब्यवस्थापन गर्ने ढंग पनि थिएन। अझैसम्म हामि सर्व साधारण पढेलेखेका भनाउदाहरुलाई पनि आफ्नो मुलुकको प्राचीन महत्त्वका बिषयमा राम्रो ज्ञान र अभिरुची छैन " यो उहाँले भनेको कुरा मलाई निकै घत लाग्यो । जो आजको यथार्थ हो। धेरै ले लेखुँ । धन्यवाद ! **