एउटा प्रश्न गरौ न त अब
चैत २४, २०८२, मङ्गलबार | दिउँसो ०१:११ बजे | 90
राहुल भक्तपुरे
जेएन .जी आन्दोलनको म्यान्डेट के थियो भनीरहन पर्ला र महोदय ? यत्रा विधि नेपाली जनताले देशको निकट भविष्य के होला भन्ने बुझेर आफ्ना अभिमत दिए वा नबुझेरै दिए दिन त दिए, यहि हो जनताको आधिकारीक निर्णय तर एउटा प्रश्न गरौ न त अब ? यो पुर्वाग्रह पिडित हुनेहरुले नपढे पनि हुन्छ कमेन्ट नगर्दा पनि हुन्छ प्रश्न कति सारगर्भित छ या छैन सोचेरमात्र उत्तर दिनु होला ?
१ . राजनिती प्रणालिमा देखिएको अशुद्तामा कसरी कहाँबाट सुद्किरण गर्ने र कसले गर्ने ? त्यस्को उत्तर सटिक पाँउ ।
२ . समाजवादी प्रजातन्त्रको मोडल कस्तो , कस्तो हुने ?
३ कानुनी विसंगति र बिसंगतिहरुलाई र हाल देखिईएका अनिमितताहुने गरि बनाईराखेका कानुनको सुधारहरु के, के र कहिले देखि गरिने ?
४.नेपालीहरुमा फैलिरहेको सेडोनिज्मको रोकथाम कसले, कसरी कहाँ बाट सुरुआत गरिने ?
५ .भ्रष्टाचारको न्युनिकरण कसरी र कहिले देखि गरिने ?
६ . व्युरोक्रेसिलाई आधुनिकिकरणको पद्धतिमा लाने कसरी र कहिलेबाट ?
७ . वैदेशिक ईन्टरफेरलाई निषेध गरिने कसरी , कसबाट र कहिलेदेखि ?
सपुर्ण विगतकाभ्रष्टाचारको कार्यमा कानुबमोजीम ठहर हुन आउनेहरुलाई थुनाको व्यवस्थापन गरिने कहाँ र कसरी ?
८.औधोगिकिकरण कहिलेबाट सुरु गरिने ? त्यस्का पुर्वाधार के के हुन ?
९ .रोजगारी, सम्वर्धन र व्यवस्था कहिलेबाट ? उपाएहरु के के हुन ?
१०.सभ्यतामुलक आयकर , र सक्षम चुस्त र सरल , र नीति निर्देशन के के हुन ?
.१२ . वाणिाज्य कानुनको परिमार्जिण कहिलेदेखि सुरुवात गरिने लिने दिने व्याजदरमा न्यायोचिच फरकमात्रा कति ।
१३.शिक्षामा वैज्ञानिकीकरण, सुद्दता र शिक्षा प्रणालीलाई उपयोगी बनाईने कसरी ?
१४.शान्ति ,सुरक्षाको प्रत्याभुति कोबाट ? कसरी ? र उलघन हुदा निस्पक्ष जाँच कहाँबाट र कसरी ?
१५ .न्यायलयको आस्थालाई गरिमामय बनाउने कसरी र न्यायलयमा हस्तक्षेप नगरिने प्रतिवद्ता कसरी ? कहाँ र कोबाट ? न्यालयमा राजनैतिक नियुक्ति बन्द कहिले देखि ?
यथार्थमा यी गर्ने माहिर ,जेहेन्दार र ईमान्दारहरुको खाचो र निस्पक्षतामारहेका सदवीचारयुक्तहरुको खोजी गरौ है त महोदय ? अनि हेरौ परिवर्तनको परिणाम ।अन्त्यमा मानशिक परिवर्तनमा जोड दिऊ ।
सुभ हवस ।
