नेमकिपाको केन्द्रीय बैठक सम्पन्नः मादल चिह्नमा छाप हाल्नुहुने सम्पूर्ण नेपाली जनतालाई धन्यवाद दिइयो
चैत २३, २०८२, सोमबार | राति ०८:३२ बजे | 115
नेपाल मजदुर किसान पार्टीको आठौ“ महाधिवेशनपछिको तेस्रो केन्द्रीय समितिको बैठक २०८२ चैत २१ गते सुरु भइ २३ गते मंगलबार सम्पन्न भयो ।
पार्टी अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) को अध्यक्षतामा बसेको बैठकले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टीलाई मत दिने सम्पूर्ण नेपाली जनतालाई धन्यवाद ज्ञापन ग¥यो ।
बैठकमा पार्टी अध्यक्षज्यूले पार्टी प्रकाशनको अध्ययन र अन्तरक्रियामा जोड दि“दै पार्टी र जनवर्गीय एवम् पेशागत संगठनहरूको थप सक्रियता जरुरी भएको उल्लेख गर्नुभयो । उहा“ले पार्टीका जिम्मेवार कार्यकर्ताहरू पार्टी सिद्धान्तअनुसार सक्रिय भएर जनतालाई राजनीतिक रूपले शिक्षित र संगठीत गर्नुपर्नेमा जोड दि“दै मजदुर आन्दोलनमा देखा परेका पु“जीवादी विचारको रूपमा खण्डन हुनुपर्ने औ“ल्याउनुभयो ।
बैठकमा जिल्ला, पालिका र वडा पार्टी समितिहरूमार्फत समेत स्थानीय जनताको भेला राखी नेपाल मजदुर किसान पार्टीलाई अमूल्य मत दिने जनतालाई धन्यवाद ज्ञापन गर्ने निर्णय भयो ।
१३७ औ“ अन्तर्राष्ट्रिय श्रमिक दिवस सन् २०२६ मे १ तदनुसार २०८३ वैशाख १८ को अवसरमा जिल्ला, पालिका र वडा पार्टी समितिहरूसम्म पार्टी प्रकाशनबारे अध्ययन र छलफल गर्ने निर्णय ग¥यो ।
बैठकले भेनेजुयला र इरानमा ट्रम्प प्रशासनको आक्रमणको विरोध एवम् भत्र्सना ग¥यो भने क्युवाविरुद्ध ट्रम्प प्रशासनको नाकाबन्दीको विरोध ग¥यो । साम्राज्यवादको पतन तथा समाजवादको विजयको अवश्यम्भाव्यताका विषयमा नया“ पुस्तालाई शिक्षित गर्दै जाने बैठकमा जोड दिइयो ।
सोही बैठकले नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले प्रस्तुत गर्नुभएको पार्टी प्रतिवेदन सुझावसहित पारित ग¥यो ।
फाेटाेमा हेर्नुहाेस्...
