भक्तपुरबाट स्वतन्त्र पत्रकारमा निर्वाचित पदाधिकारीहरुलाई बढाई
चैत २४, २०८२, मङ्गलबार | दिउँसो १२:२२ बजे | 185
भक्तपुर । स्वतन्त्र पत्रकार संघ केन्द्रीय समितिको हालै नवलपुरमा सम्पन्न ५ औं अधिवेशनमा केन्द्रिय सदस्यमा विजयी हुन सफल भक्तपुरका नवनिर्वाचित पदाधिकारीहरुलाई बढाइ तथा शुभकामना ज्ञापन कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ भक्तपुरले जिल्लाबाट केद्रिय सदस्यमा निर्वाचित हुन सफल तीनजना केन्द्रिय सदस्यहरुलाई शुभकामना तथा बधाई कार्यक्रम गरेको हो । जिल्ला शाखाका संस्थापक अध्यक्ष इन्दुल केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागी पत्रकार तथा शुभचिन्तकहरुले नवनिर्वाचित केन्द्रीय सदस्य प्रेमध्वज लामा र सुरेश सैंजूलाई खाडा खोडाएर सफलताको शुभकामना व्यक्त गरेका थिए ।
जिल्ला शाखा भक्तपुरका अध्यक्ष रेणु त्वायनाबासुको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य प्रेमध्वज लामाले भक्तपुर जिल्ला शाखाको क्रियाशिलताले देशभरका स्वतन्त्र पत्रकार आकर्षित रहेको चर्चा गर्दै केन्द्रीय नेतृत्वमा चयन गरेकोमा सहभागीहरुलाई धन्यवादज्ञापन गरे भने अर्का नवनिर्वाचित केन्द्रीय सदस्य सुरेश सैंजूले स्वतन्त्र पत्रकारिताका लागि निरन्तर क्रियाशिल पत्रकारहरुको सहभागिता नै हाम्रो सफलता भएको बताए । सो अवसरमा शाखाका सदस्य राजन कार्की र उपाध्यक्ष मनिराम लामिछानेले पनि बोलेका थिए ।
.jpg)