१३ सदस्यीय भक्तपुर जिल्ला बक्सिङ संघ पुनःगठन


चैत २३, २०८२, सोमबार | साँझ ०६:५२ बजे | 135


१३ सदस्यीय भक्तपुर जिल्ला बक्सिङ संघ पुनःगठन

भक्तपुर, २३ चैत । भक्तपुर जिल्ला बक्सिङ संघको सातौं अधिवेशन तथा पुनःगठन कार्यक्रम र नयाँ बर्ष २०८३ तथा विस्का जात्राको शुभकामना आदान प्रदान कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका पूर्व नगर खेलकुद समितिका संयोजक तथा ७ नं वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा सोमबार गपली भक्तपुर पार्टी भेन्युमा सम्पन्न भयो । 
कार्यक्रममा प्रमुख अतिथि उकेश कवाँले नयाँ बर्षको शुभकामना दिँदै विस्का जात्रा भएको भुपतिन्द्र मल्लको पालामा फैलिएको राज्यहरु सबैमा मनाउने बताउनुभयो । उहाँले नेपालको एउटै मात्र नगरपालिका जहाँ छ वटा खेलको कर्वड हल सहित प्रशिक्षक राखी प्रशिक्षण संचालन गरेको भक्तपुर नगरपालिका भएको बताउँदै २०३९ सालदेखि तत्कालीन नगरप्रमुख ज्ञान बहादुर न्याईच्याई नगर खेलकुद समितिको संयोजक भई खेलकुदलाई अगाडि लगेको बताउनुभयो । उहाँले नेपालमा खेलकुद संरचनागत प्रणालीमा संचालन नहुँदा अगाडि बढ्न नसकेकोले राजनीति ठिक ढंगले संचालन भए खेलकुद पनि विकास हुने बताउनुभयो । उहाँले खेलकुदमा विकेन्द्रीकरणको सिद्धान्त अनुसार प्रदेश र स्थानीय तहमा पूर्वाधार निर्माण र अधिकार हस्तातरण गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको एकता र दर्शन, विचार र सिद्धान्त विना राजनीति मात्र होइन खेलकुद र देशको विकास नहुने बताउँदै खुट्टा तान्ने प्रवृतिले खेलाडीहरु निरास नभई विभिन्न हण्डर र ठक्कर खाँदै अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले जसरी खेलमा अनुशासन र नियम संगत खेल्नु पर्छ त्यसरी नै देश संचालन गर्नुपर्ने बताउँदै खेलाडीहरुले सरकारले गरेको राम्रोलाई समर्थन, गतललाई विरोध र कमिकमजोरीलाई आलोचना गरी सचेत पार्नुपर्ने बताउनुभयो । उहाँले अमेरिकाका ट्रम्पका कारण विश्वले दुख पाएको बताउँदै युक्रेन एमसिसि, एसपिपि र नाटो संगठनका कारण रुस र युक्रेन युद्ध भई रहेकोले नेपालमा पनि एसपिपि पास गरे विदेशीले परेड खेल्ने बताउनुभयो । 
नेपाल बक्सिङ महासंघका प्रतिनिधि एवम् कोषाध्यक्ष गौतम सुजखुले जिल्ला संघहरुमा सकृय संघ बक्सिङ पनि भएको बताउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले पनि खेलकुदको गतिविधि अगाडि बढ्न नसकेको कारण देशका शासक राजनीतिक दल दोषि रहेको बताउनुभयो ।
    कार्यक्रममा बागमति बक्सिङ संघ तदर्थ समितिका संयोजक रामचन्द्र थापा मगरले राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षक व्यवस्थापन गर्न नसक्दा जिल्ला जिल्लामा बक्सिङ खेलाडीहरु खेलबाट बञ्चित भई रहेको बताउनुभयो । उहाँले प्रदेश र जिल्ला नङ्ग र मासुको सम्बन्धको रुपमा एक आपसमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति भक्तपुरका प्रतिनिधि अन्नन्त बैद्यले खेलकुदमा देखिएको हरेक समस्या समाधान गर्न र सहकार्य गर्न तयार रहेको बताउनुभयो । 
    कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार विनोद चरण राय, साजन लघुले पनि बोल्नु भएको थियो । 
    सातौं अधिवेशनबाट रामकृष्ण प्रजापतिको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर जिल्ला बक्सिङ संघ पुनःगठन गरियो । 
    १) अध्यक्ष ः–     श्री रामकृष्ण प्रजापति
२) बरिष्ठ उपाध्यक्ष ः– श्री सुरोज ग्वाछा  
३) उपाध्यक्ष ः– श्री राजन कुम्पाख 
४) सचिव ः–     श्री साजन लघु 
५) कोषाध्यक्ष ः– श्री लक्ष्मी प्रसाद चवाल 
६) सदस्य ः–     श्री गौतम सुजख 
७) सदस्य ः–     श्री केदार तुईतुई 
८) सदस्य ः–     श्री गणेश सांगामी 
९) सदस्य ः–     श्री राजाराम साख 
१०) सदस्य ः– श्री निशा लोहला 
११) सदस्य ः– श्री शेखर कुटुवजु 
१२) सदस्य ः– श्री तुल्सी राम ग्वाछा 
१३) सदस्य ः– श्री राजेश्वर मानन्धर
 

फाेटाेमा हेर्नुहाेस्...

१३ सदस्यीय भक्तपुर जिल्ला बक्सिङ संघ पुनःगठन

Comments