रोम्वसका विद्यार्थी डक्टरेट हुन सफल ः दिइयो बधाई
मंसिर ९, २०८१, आइतबार | विहान १०:३० बजे | 100
भक्तपुर । रोम्वस स्कुल कमलविनायक भक्तपुरबाट एसइई दिने दोश्रो व्याचका एकजना विद्यार्थी डक्टरेट इन फार्मेसी हुन सफल भएका छन् । स्कुलका मेरिट कोजू डाक्टर हुन सफल भएका हुन् । उनको सफलताको लागि स्कुलले आइतबार बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
स्कुलका प्रिन्सिपल डा राजेन्द्र कोजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा भाइस प्रिन्सिपल युनिक कोजू, निर्देशक सुनिता कोजू, मावि इन्चार्ज जनक कार्की, व्लक क्याप्टेन श्रोता अधिकारी, स्कुल क्याप्टेन विद्यार्थी जेसिमा श्रष्ठलगायतले शुभकामना तथा वधाई व्यक्त गरेका थिए ।
पूर्व विद्यार्थी डा कोजू २०७२ सालको एसइइ व्याच रहेको जनाइएको छ । उनले राजीव गान्धी युनिभसिटी अन्तर्गतको वैंगलोरस्थित कर्णताका कलेज अफ हेल्थ साइन्सबाट डाक्टरेट गर्न सफल भएको कार्यक्रममा बताइयो ।