भक्तपुरको एउटा इतिहास बोकेको विद्यालय
मंसिर ५, २०८१, बुधबार | विहान ०६:४२ बजे | 50
भक्तपुर । भक्तपुरको दरवार क्षेत्रस्थित श्री पद्य माध्यामिक विद्यालयमा बुधबारदेखि शैक्षिक प्रदर्शनी सुरु भएको छ । विद्यालयको १०१ औ तथा कलेजका १५ औ वार्षिकोत्सवको अवसरमा प्रदर्शनी सुरु भएको हो ।
वार्षिकोत्सवको मुख्य कार्यक्रम शनिबार हुनेछ । वागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यमा शनिबार बार्षिकोत्सव कार्यक्रम हुने प्रधानाध्यापक राम हाडाले बताए । यस क्रममा २० वर्षदेखि निरन्तर सेवा गरिरहेका तीन जना शिक्षकहरुलाई दीर्घ सेवा सम्मानबाट सम्मान गरिने जनाइएको छ ।
श्री पद्य मावि जिल्लाकै जेठो स्कुल हो । यसको १९८१ सालमा भएको थियो ।