नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्कको महासचिवमा प्राडा श्रेष्ठ
कार्तिक २७, २०८१, मङ्गलबार | दिउँसो ०१:४४ बजे | 45
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका पूर्व प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्कको महासचिव पदमा निर्वाचित हुन सफल भएका छन् । संस्थाको १८ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट प्राडा श्रेष्ठ महासचिव पदमा सर्वसम्मत निर्वाचित हुन सफल भएका हुन् । प्राडा श्रेष्ठ हाल एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरको रिसर्च कमिटीका अध्यक्ष हुन् ।