विदेश जाने मन छ ? राधेराधेको भाटभटेनी नजिक जानूस्


कार्तिक १२, २०८१, सोमबार | दिउँसो ०२:०७ बजे | 25


विदेश जाने मन छ ? राधेराधेको भाटभटेनी नजिक जानूस्

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि राधेराधे भाटभटेनी नजिक निओ भ्याली एजुकेशन कम्पनी सञ्चालनमा ल्याइएको छ । सोमबार एक समारोहवीच उदघाटन गरिएको छ । उदघाटनको क्रममा धार्मिक परम्परा अनुसार पूजाआजासमेत गरिएको थियो ।
कम्पनीका निर्देशक पंकज घिमिरेले भक्तपुर र विराटनगरमा एकैपटक नयाँं दुई वटा शाखाहरु खुलेको जानकारी गराए । कम्पनीको प्रधान कार्यालय काठमाडौंको पुतलीसडकमा सन् २०१३ देखि सञ्चालनमा रहेको उनले जानकारी गराए । 
मध्यपुर थिमिका साथै भक्तपुरपूर्वका सम्पूर्ण विद्यार्थीको सहजताका लागि कम्पनी खोलेको उनले जानकारी गराए । भक्तपुर, बनेपालगायतका पूर्वतिरका विद्यार्थीलाई काठमाडौंसम्म जान नपर्ने गरी सेवा सुरु गरेको उनले जनाए । 
कम्पनीले विदेशमा गएर अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई कन्सलेन्ट गर्ने छ । विशेष गरी दस जोड दुई उतीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई सेवा दिन कम्पनीको शाखा खोलेको जनाइएको छ ।  

फाेटाेमा हेर्नुहाेस्...

विदेश जाने मन छ ? राधेराधेको भाटभटेनी नजिक जानूस्

Comments