मुगुका सरकारी बिद्यालयमा मातृभाषामा शिक्षण हुने


असोज १४, २०८१, सोमबार | विहान ०२:५४ बजे | 65


मुगुका सरकारी बिद्यालयमा मातृभाषामा शिक्षण हुने

खड्क सुनार , मुगु 

 हिमाली जिल्ला मुगुका सरकारी बिद्यालयमा मातृभाषामा आधारित बहुभाषिक शिक्षण गरिने छ ।  यूनिसेफ नेपाल र ब्रिटिस काउन्सिलको आथिक सहयोग र छायानाथ रारा नगरपालिकाको आयोजना तथा समाज जागरण केन्द्र को सहजीकरणमा मुगुका शिक्षकहरु लाई मातृभाषामा आधारित बहुभाषिक शिक्षा सम्बन्धी ५ दिने तालिममा यस्तो बताईएको हो । मातृभाषाले आमाको काखमा सिकेको भाषा भन्ने बुझिन्छ । 
 यसलाई घरपरिवारको भाषा, पहिलो भाषा वा मूल भाषा भनेर पनि सम्बोधन गरिएको पाउन सकिन्छ । कुनै पनि बालक जन्मेपछि बोल्न सिकेको पहिलो भाषालाई नै मातृभाषा भएकाले यसलाई थप प्रभावकारी बनाउन यहाँका शिक्षकहरु लाई मातृभाषामा आधारित बहुभाषिक शिक्षण सम्बन्धि तालिम प्रदान गरिएको बताईएको छ । ५ दिने तालिममा छायाँनाथ रारा नगरपािलका भित्र रहेका १५ वटा बिद्यालयका ३० जना आधारभुत तह कक्षा १ देखि ३ सम्मका शिक्षकहरु लाई यो तालिमले मातृभाषामा आधारित बहुभाषिक शिक्षणमा महत्वपुर्ण भुमिका निर्वाह हुने जनाईएको छ । एकातिर मुगु जिल्ला स्थानीय भाषा सस्कृतिले भरिपुर्ण रहेको जिल्ला भएकाले विद्यार्थी र शिक्षकहरु लाई मातृभाषामा आधारित बहुभाषिक शिक्षणमा ठुलो राहत पुग्ने बिश्वास गरिएको छ । मानवका लागि भाषा सामाजिक संरचनाको मेरुदण्ड नै भएकाले भाषा सामुदायिक सापेक्षताको आधारमा फरक हुने , सामाजिक परिस्थितिसँगै भाषाको प्रयोगका तहमा विविधता देखिन्छन्, जसको सैद्धान्तिक आधारभूमिमा मातृभाषाको अवधारणाले आकार प्राप्त गरेको हो । सरकारी तहमा स्थानीय मातृभाषामा दिइने शिक्षा बहुभाषिक शिक्षा हो भने भाषिक समुदायका लागि आफ्नो भाषामा पाउने शिक्षा मातृभाषामा शिक्षा हो । 
 बहुभाषिक शिक्षा भन्नाले विद्यालयमा दुईभन्दा धेरै फरकफरक भाषा माध्यमका रूपमा प्रयोग हुने स्थितिलाई बुझाउँछ भने बहुभाषिक विद्यालय भन्नाले सेवा क्षेत्रभित्र दुईभन्दा बढी भाषिक समुदायका बालबालिका रहेको र दुईभन्दा बढी भाषाको माध्यमद्वारा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन भएको अवस्थालाई जनाउने गरेको छ ।

Comments