ख्वपका पत्रकारिताका विद्यार्थी मिडिया संग्राहलयमा
असोज २, २०८१, बुधबार | दिउँसो ०३:०० बजे | 50
काठमाडौं । राष्टिय समाचार समिति (रासस) का अध्यक्ष पत्रकार धर्मेन्द्र झाले पत्रकारिता पेशामा भविष्य राम्रो रहेको भन्दै मज्जाले मिहिनेत गर्न विद्यार्थीलाई सुझाएका छन् । राष्टिय समाचार समिति र मिडिया म्युजियमका बुधबार अवलोकन भ्रमणमा आएका विद्यर्थीसँंग उनले पत्रकारिता पेशासँंगसँगै सामाजिक उतरदायित्वको पनि काम रहेकोले मज्जाको पेशा रहेको जानकारी गराए ।
ख्वप मावि देकोचा भक्तपुरका पत्रकारिता मुख्य विषय लिई अध्ययनरत विद्यार्थी राष्टिय समाचार समितिका केन्द्रिय कार्यालय र मिडिया संग्राहलयको अवलोकन भ्रमण गरेका थिए । स्कुलमा कक्षा १२ मा अध्ययनरत झण्डै चार दर्जन छात्रछात्राहरुले राससमा हुने कार्यसम्पादनको अध्ययन अवलोकन भ्रमण गरेका थिए ।
राससमा रहेको मिडिया संग्राहलय अवलोकनका क्रममा अध्यक्ष झाले मिडियाको विकासबारे जानकारी गराउन राससकै अगुवाईमा संग्राहलयको स्थापना गरेको जानकारी गराए । उहिलेको पत्रकारिताको अवस्था उहिलेको पत्रकारितामा प्रयोग भएका सामानहरुले जानकारी मिल्ने भएकाले संग्राहलयको स्थापना गरेको उनले विद्यार्थीसामु सुनाए ।
सग्राहलय रासस केन्द्रिय कार्यालयकै भुइतल्लाको एउटा कोठामा छ । हाल त्यहाँं उहिलेको पत्रकारितामा प्रयोग हुने ४७ वटा सामानहरु राखिएका छन् । यी सामानहरुको संख्या हामी निरन्तर रुपमा वढाउँंदै जाने योजनामा छौं, अध्यक्ष झाले विद्यार्थीसामु भने ।
संग्राहलयमा पुराना प्रेसहरु, फ्याक्स मेशिनहरु, रेडियो उपकरणहरु, पेजर, टेलिफोन, मोवाइल, रेडियो, टिभी सेटलगायतका थिए । साथै त्यहाँं राससका ऐतिहासिक प्रकाशनहरु रहेका थिए ।
संग्राहलयको अवलोकनपछि विद्यार्थीले रासस समाचार कक्षको अवलोकन गरेका थिए । त्यहाँं उनीहरुलाई प्रमुख समाचारदाता नारायण न्यौपानेले समाचार कक्षका विविध विषयहरुबारे जानकारी गराएका थिए । समाचार संकलन गर्ने समाचारदाताहरु विधागत रुपमा हुने चर्चा गर्दै उनले केन्द्रिय कार्यालयमा रहेका समाचारदाताहरुले काठमाडौं उपत्यकाका समाचारहरु संकलन गर्ने र बाँंकी स्थानीय समाचारदाताहरुबाट समाचार संकलन गरेर पठाउने जानकारी गराए । राससको समाचार विश्वसनीय हुने चर्चा गर्दै उनले पत्रकारितामा विश्वसनीयताको महत्वबारे चर्चा गरे ।
समाचार कक्षपछि विद्यार्थीले समाचार सम्पादन कक्षको पनि अवालेकन भ्रमण गरेका थिए । उनीहरुले त्यस क्रममा देशविदेशबाट आउने समाचार, त्यसको सम्पादन वितरणलगायतका विषयमा जानकारी पाएका थिए । अवलोकन भ्रमणपछि अध्यक्ष झासँंग विद्यार्थीले अन्तरक्रियासमेत गरेका थिए ।
अवलोकन भ्रमणमा स्कुलका पत्रकारिता शिक्षक कृष्ण किसी, स्कुलका मानविकी संकायका इन्जार्च राजु लासिवा सहभागी भएका थिए ।
फाेटाेमा हेर्नुहाेस्...