नैतिक बनाम अनैतिक : एक चिन्तन


साउन २१, २०८१, सोमबार | दिउँसो ०२:४२ बजे | 5


नैतिक बनाम अनैतिक : एक चिन्तन

सुनील सापकोटा,कौसलटार भक्तपुर 

सन्त कविरको एउटा दोहा जो मन परेको हुँदा यहाँ  राखे। 
मन के मत चलिए 
मन के मत अनेक 
जो मन पर असवार है
सो साधु कोई एक 

यही दोहा ( मुक्तक ) लाई लिएर केही आफ्नो मन मा लागेका कुराहरुको छोटो चर्चा गर्न चाहान्छु।
मलाइ लाग्छ मानव ब्यवहारमा नैतिकताको कुनै स्थिर बिन्दु छैन , न  त्यस्को कुनै स्थिर परिभाषा छ। देश ,काल , परिस्थिति र  ब्यक्ती अनुसार नैतिकता ( जसलाइ व्यापक अर्थमा धर्म भनिन्छ ) बदली रहने कुरा हो जस्तो मलाइ लाग्छ । मलाइ त के लाग्छ भने नैतिकतालाई स्थिर र अस्थिर दुबैकुरा  मान्ने ब्यक्तीहरु भ्रममा हुन्छन् जस्तो लाग्छ। जस्ले नैतिकता लाई स्थिर मान्दछन तिनिहरु  “ मोरल “ रुपमा आफू लाई धार्मिक र उच्च सम्झी नैतिकताको  जिउ ज्यानले वकालतमा लाग्छन् र उनिहरुको नैतिकताको बिचार सङ सहमत न हुनेहरु लाई  घृणा  गर्छन् । गाली गलौज र आक्रमण सम्म गर्न तम्सिन्छन । त्यस्तै जसले नैतिकता लाई परिवर्तनशिल मान्छन , तिनिहरु पनि आफ्नो भौतिक र इन्द्रिय सुख प्राप्तिको लागि नैतिकताको घाँटि अठ्याइ रहेका हुन्छन् । 
मलाइ लाग्छ  , नैतिकवान हुनु र नैतिकतावादी हुनुमा अन्तर छ । नैतिक हुनु  आफ्नो ब्यक्तिगत हिसाबले नितिहरु बनाउनु र  मान्नु हो । मलाइ लाग्छ नैतिकताको केन्द्र आफ्नै आत्मा मात्र हो। मेरो बिचारमा मेरो कर्मले कसैलाई पनि दैहिक , आर्थिक , मानसिक हानी – नोक्सानी , दुःख , पिडा , न होस् भन्ने हो। कसैलाई आहत न होस् , भन्ने  हो। मलाइ लाग्छ नैतिकता तबसम्म हो , जब सम्म त्यो अपराध हुँदैन । 
यो दुनियाँको सबै धर्महरुले पाप लाई घृणा गर्नु भन्छन। पापी लाई होइन । यो दर्शनको पछाडि नैतिक हुन लाई उदार हुनु पनि भन्ने अर्थ होला। नैतिकता खाली अरुलाइ देखाउने “ मेक – अप “ मात्र हो भने त्यो धर्म होइन। त्यो वास्तविकतामा नैतिकवान ब्यक्ती पनि  होइन भन्ने  मेरो धारणा हो। 
अन्त्यमा,  मलाइ के लाग्छ भने,  यो आधुनिक भनाउँदो भौतिकवादी समाजमा नैतिकताको नयाँ परिभाषा खोज्नु पर्ला कि ? केवल बिज्ञानको जप गरेर समाजको उचित संचालन होला ? त्यस्तो होइन भने आज समाज लाई  नैतिकवान बनाउने हो भने  कुन कुन  नयाँ  तरिकाहरुको  निर्माण गर्ने हो,  त्यस दिशा तर्फ पनि एक पटक सोच्नु पर्ने हो कि ? समय सापेक्ष भौतिकताको रोगले हाम्रो नेपाली समाज लाई गाँजेको हो भने त्यसलाइ निको पार्ने  नयाँ नैतिकतारुपी औषधि के हो ?
 त्यो औषधि कसले , कसरी दिने ?  धन्यवाद 

Comments