यो कुरा नेपाली जनताको गिदीमा कहिले पस्ने हो कुन्नि ?
साउन २१, २०८१, सोमबार | दिउँसो ०१:३४ बजे | 0
विजय विस्फोट
मित्रराष्ट्र बङलादेशकी प्रधानमन्त्री सेख हसिना ज्यान जोगाउन भारतको शरणमा पुगेको समाचार अहिले निकै चर्चामा छ । बङलादेश सन्स्थापकमध्यका एक मुजिबल रहमानकी पुत्री हसिना यसअघि सन् १९७५ मा बङलादेश आर्मीद्वारा गरिएको कु जसमा उनका पिता रहमानसहित आमा अनि दुई भाइहरुको आमहत्या गरिएको थियो ।
बिदेसमा रहेकै् कारण उनी बाच्न सफल भइन् । तत्पस्च्यात १९८१ मा इन्दिरा सरकारको तागतमा हसिना स्वदेश फर्किन् अनि सत्ता राजनीतिमा सक्रिय भइन् । उनी सन् २००९ देखिलगातार सत्तामा रहन सफल भइन् । तर हालै सरकारी जागिरमा आरक्षण नीतिको खारेजीका निम्ति बिद्यार्थीहरुले सुरु गरेको शान्तिपूर्ण आन्दोलन एकाएक हिंसामय बन्न पुग्यो । अन्ततः आफ्नो जन्मभूमि र सत्ताको तामझामलाई त्याग्न हसिना र उनकी बहिनी बिबस् बने ।
जनता जागे भने जतिसुकै शक्तिशाली ,प्रभाबशाली सत्ता, सरकार, ब्यक्ति निरीह बनी घुडा टेकेको बङलादेशको यो घटना ज्यादै नौलो भने होइन । यसअघि श्रीलन्का, अफ्गानिस्तानको शासक ज्यान जोगाउन आर्को देशमा भागेको घटना धेरै पुरानो होइन ।
श्रीलंकादेखि बङलादेशको यो घटनालाई समिक्षा गर्दा बिदेशीहरुप्रतिको आत्मनिरभर्ता, बढदो बिदेशी श्रृणभार, महंगी, ,बेरोजगारी समग्रमा आर्थिकमन्दी र परनिर्भर्ता नै हो ।
यता हाम्रो नेपालको बर्तमान राजनैतिक, आर्थिक्र सामाजिक अवस्था श्रीलंका र बङलादेश जस्तै छ । मात्र भिन्नता नेपाली जनता आन्तरिक राजनैतिक स्वार्थका कारण जात–जाती बिबादमा आपसमा जुधिरहेका छन् । फलस्वरुप भ्रष्टसत्ता, नेता कमजोर हुनुको साटो झन–झन बलियो हुँदै गएका छन् । यो कुरा नेपाली जनताको गिदीमा कहिले पस्ने हो कुन्नि ?