स्वास्थ्यमन्त्री थापालाई सूर्यविनायक अस्पताल नै चुनौतिपूर्ण ?


साउन २०, २०८१, आइतबार | दिउँसो ०१:४४ बजे | 275


स्वास्थ्यमन्त्री थापालाई सूर्यविनायक अस्पताल नै चुनौतिपूर्ण ?

भक्तपुर । सूर्यविनायक नगर अस्पताल लामो समयदेखि अव्यवस्थितढंगबाट संचालित हुँदै आएको छ । नगर अस्पतालको व्यवस्थापनमा देखिएको अस्वस्थ गतिविधिका कारण अस्पताल कर्मचारीहरुको एक आपसमा प्रतिसोध साध्ने थलोको रुपमा परिणत हुन पुगेको छ । 

वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालाई आफ्नै वडामा रहेको अर्थात विगतमा आफै वडाअध्यक्ष हुँदा उनकै विशेष पहलमा निर्माण भएको यो नगर अस्पतालको सुधार कठिन मात्रै होइन, चुनौतिपूर्ण बन्ने पक्का छ । त्यसोत, उनले मन्त्री भए लगतै विभिन्त्र ठाउँमा नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने भन्दै वोल्दै हिडेका छन । 
नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न मिल्छ कि मिल्दैन,त्यो त स्वास्थसंग जानकार स्वास्थ्यकर्मीहरुलाई नै थाह होला ? तर, सूर्यविनायक नगर अस्पताललाई भौतिक पूर्वाधारका हिसाबले पनि सुविधा सम्पन्न बनाउने जुन योजनाहरु उनले सार्वजनिक गर्दै आएका छन ,त्यो पक्कै पनि सहराहनीय छ । साथै,मन्त्री थापाले भक्तपुरवासी जनताले उपचारको लागि काठमाडौँ जानुपर्ने बाध्यता आफूले अन्त्य गर्ने घोषणा गरेका छन । त्यति मात्रै कहाँ हो र ,उनले कार्यक्रमहरुमा कुनै पनि उपचारको लागि मनोहरा कटेर काठमाडौँ जानु नपरोस् भन्ने महत्वपूर्ण योजनाका साथ आफू अघि बढेको समेत जानकारी गराउन्दै आएका छन । त्यसका लागि आफूले अस्पतालका विज्ञ तथा डाक्टर, व्यवस्थापन र समितिहरुसँग सझुावहरु लिइरहेको कुरा सुनाएउँदै आएका छन । उनले भनेका छन – भक्तपुरमा नै सुविधा सम्पन्न अस्पतालहरु बनाउने योजना वनाएको छु । यसरी जिल्लाका विभिन्त्र ठाउँमा भएका कार्यक्रमहरुमा वोल्ने क्रममा उनले यसो भनिरहदा सूर्यविनायक नगर अस्पतालकै कतिपय उच्च तहमा नै रहेका कर्मचारीहरुले भने चियागफमा उनका अधिकाश सोच र योजनाहरुलाई उडाई रहेका छन । 
चियागफमा भेटिएका नगर अस्पतालका ती कर्मचारीहरु भन्छन– अहिले मन्त्री थापाले धेरै भाषण गर्ने भन्दा पनि आफ्नै वडामा रहेको यो नगर अस्पतालको पहिलो चरणमा अर्थात एक महिना भित्र व्यवस्थापन पक्षलाई सुधार गरेर देखाएमा मात्रै पनि काफी हुनेछ ।ती कर्मचारीले थपे– मन्त्री थापाले अस्पताल नै सुधार गर्न सक्दैनन । अस्पतालको व्यवस्थापन सुधार नै उनका लागि फलामको चिउरा सावित बन्ने छ । र, अस्पताल व्यवस्थापनकोृ सुधार उनको पहूच भन्दा पनि वाहिर रहेको छ । उनले कार्यक्रमहरुमा सूर्यविनायक अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन , आवश्यक जनशक्ति, पूर्वाधारको व्यवस्थापन गर्ने प्रतिवद्धता भने व्यक्त गरेका छन । जेहोस, त्यसलाई लागू गर्न सक्छन कि सक्दैनन , त्यो भने हेनै वाकि नै छ । उनका लागि अस्पतालमा विगतमा काम गरिरहेका करारका कर्मचारीहरुको व्यवस्थाप पनि समस्याको रुपमा देखिएको छ । उता,अस्पताल व्यवस्थापनका कार्यकारी निर्देशक डा राकेश वर्मा र डा मनिषा कार्की बीच बढ्दै गएको आपसी द्धन्दका कारण अस्पतालका आम कार्मचारीहरु डा वर्मा र मनिषाका बीचमा विभाजित भएका छन । यी दुई अधिकारी बीच बढ्दै गएको चिसो पनमा कारण अस्पतामा आउने विरामीहरुमा नकरात्मक प्रभाव पर्दै आएको वताइन्छ । सूरुमा डा मनिषाको नै सिफारिसमा वर्मा आएको हो भनिन्छ । तर, पछिल्लो समयमा उनीहरु बीच पावर सेरिङको विषयलाई लिएर आपसी तीख्ता बढ्न पुगेको हो । उनीहरु बीच लामो समयदेखि आपसी द्धन्द्ध चर्किएको र त्यही द्धन्द्धका कारण अस्पताल संचालनमा असर परिरहेको नगरपालिकाको स्वास्थ्य शाखालाई थाह नहुने भने कुरै भएन । स्रोतका अनुसार स्वास्थ्य शाखाको भूमिका मिलाउनेमा भन्दा रमिते बन्नेमा बढी देखिएकाले पनि अस्पतालमा कर्मचारीहरुका बीचमा समस्या बढ्दै गएको हो । जबसम्म डा वर्मा र मनिषाबीचमा चल्दै आएको आपसी द्धन्द्ध साम्य पार्न सकिदैन,तब सम्म अस्पताल सुधारको कामले गति लिन सक्दैन । स्वास्थ्य मन्त्री थापालाई आफ्नै नगरको अस्पताल नै चुनौति हुने नगर अस्पतालका कर्मचारीहरु वताउँछन । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर लामै समयदेखि अस्पतालमा संचालनमा हुँदै आएको अनियमितताको खेती पनि रोकिएको छैन । उल्टै झनपछि झन मौलाउँदै आएको छ । अस्पताल स्थापना कालको नजिकका वर्षमा अर्थात कोभिडको समयको सेरोफेरोमा अस्पतालमा खरीद गरिएको अक्सिजन प्लान्टमा ठूलो परिमाणमा प्रक्रिया मिचेर घोटला भएको समाचार वाहिरीएको थियो । प्लान्ट खरीदका लागि एउटा कंम्पनीसंग टेण्डरको प्रक्रिया अघि बढाएर अर्को कंम्पनीबाट अक्सिज प्लान्ट खरीद गरिएको थियो । सो प्रक्रिया अनियमिता गर्ने उद्देश्यका साथ अघि बढाएको भन्दै त्यतिवेला अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले तत्कालिन समयमा त्यहाँको कागजपत्र उठाएर लगेको थियो । अहिले पनि अस्पतालमा आवश्यक पर्ने सामान खरिद देखि औषधी खरीदमा समेत सोही शैली अपनाएर भ्रष्टाचारलाई निरन्तरता दिदै आएको स्रोतले जानकारी गरायो । सोतका अनुसार सामान खरीदको विल एउटा कंम्पनीको हुने, तर विल अर्को कंम्पनीको हुने गरेको छ । सम्बन्धीत सरोकार वाला निकायले खोजी ग¥यो भने अस्पतामा सामान एउटा कंम्पनीबाट खरीद गरेको र विल भने अर्को कंम्पनीको हुने गरेको पाइने मा स्रोतको दावी छ ।

Comments