मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बाेदेमा आज साउन ९ गते बुधबारबाट साउन १२ गते शनिबारसम्म विशेष पाेलियाे थाेपा खुवाउने अभियान संचालन भएकाे छ । वडा क्षेत्र भित्रका जन्मेदेखि ५ बर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुलाई नछुटिने गरि विशेष अभियानमा घरदैलाे मै पाेलियाे खुवाउन स्वास्थ्यकर्मी सहितकाे ६ वटा विशेष टाेली वडाभरि परिचालन गरिएकाे छ ।
वडाका २८ सय घरधुरीमा हाेम भिजित गरेर टाेलीले पाेलियाे खुवाउने अभियान कार्यक्रम संचालन गरिएको जानकारी अभियानका फाेकल पर्सन तथा शहरी स्वास्थ सेवा केन्द्र बाेदेका प्रमुख रेखा लामाले बताउनु भएकाे छ । वडा अध्यक्ष रमेश थापा श्रेष्ठज्युकाे अध्यक्षतामा सम्पन्न वडा स्तरीय खाेप व्यवस्थापन समितकाे बैठक तथा विशेष पाेलियाे अभियानकाे अभिमुखिकरण कार्यक्रममा अध्यक्षज्युले दिनु भएकाे निर्देशन अनुसार वडाकाे स्वबासी, पुरानो बस्ती र नयाँ बस्ती क्षेत्रका सम्पुर्ण बालबालिका समेटिने लक्ष्य सहित टाेली परिचालन गरिएको हाे । वडा अध्यक्ष रमेश थापा श्रेष्ठज्युले खाेप सेवा सुविधा बालबालिकाहरुकाे माैलिक अधिकार भएकोले काेही पनि बालबालिका नछुटिने गरि आआफ्नाे क्षेत्रका लक्षित बालबालिकालाई अनिवार्य पाेलियाे खुवाउन र विशेष अभियान सफल बनाउन सबैले प्रचारप्रसार गरि सहयाेग गर्नु हुन अपिल गर्नु भएको छ ।