उनको कुरा सुन्दै रिस उठ्ने खालको थियो


साउन ७, २०८१, सोमबार | दिउँसो ०३:०४ बजे | 0


उनको कुरा सुन्दै रिस उठ्ने खालको थियो

कुशल 

एक दिन बिहान म चिया पिउँदै थिएँ । श्रीमतीसँग घरायसी कुराकानी गर्दैगर्दा मोबाइलमा अर्को वडाका वडाध्यक्षको कल आयो । मैले रिसिभ गरेँ । उहाँले फोनमा भन्नुभयो, “नमस्ते सर ¤ तपाईँ के गर्दै हुनुहुन्छ ? चिया खानुभयो कि नाइँ ? तपाईँ र मेरो वडाको सिमानामा एउटा समस्या आयो । तपाईँको फुर्सद भए एकपटक फिल्डमा आउनुप¥यो ।” उहाँको कुरा गराइबाट ठुलै समस्या आएको अनुभव भयो । दुवै वडाको सिमानामा पर्ने पिच बाटो प्रदेश सरकारले चौडा गर्दै थियो । बाटोको दुवैतर्फ मापदण्डअनुसार फराकिलो पार्दै थियो । प्रदेश सरकारको बजेटमार्फत दुवै सडकतर्फ ६–६ मिटर सडक चौडा भइरहेको थियो । त्यस कार्यको लागि हामी दुवै जनाले सरकारी प्रतिनिधिसँग र ठेकेदारसँग समन्वय गरिरहेका थियौँ । कार्य सुरु भएको करिब दुई महिना भइसकेको थियो । काम निरन्तर भइरहेको थियो । आजमात्र होइन, हिजो अस्ति पनि त्यहाँको विषयमा समयसमयमा फोन गरिरहनुहुन्थ्यो भने कतिपय अवस्थामा फिल्डमा गई दुवै जनाले समस्या समाधान गरेका थियौँ । विशेषगरी, स्थानीय जनताले काममा बाधा हालेमा वा निर्माण कार्यमा ढिलासुस्ती भएमा हामीले समन्वय र निर्देशनात्मक भूमिका निभाउँदै आएका थियौँ । त्यसदिन पनि केही समस्या स्थानीयस्तरबाट आए होलान् भन्ने लाग्यो । घरको काममा अलि व्यस्त भएकोले आफू अलिपछि आएछु भनी मैले वडाध्यक्षलाई जानकारी गराएँ ।

घरको सानो काम सकिएपछि म तुरुन्तै फिल्डमा गएँ । मानिसहरू जम्मा भइसकेका थिए । डोजर काम नगरिकन त्यत्तिकै थन्किरहेको थियो । मानिसहरू एक आपसमा कुरा गरिरहेका थिए । त्यहाँको अवस्था हेर्दा स्थानीय समस्या पक्कै आए होला भन्ने लाग्यो । त्यही स्थानमा केही महिनाअघि स्थानीयले समस्या सिर्जना गरेका थिए । अहिले फेरि के समस्या आयो होला भनी अनुमान गर्दैै बाइकबाट ओर्लँे । मैले वडाध्यक्ष, ठेकेदार तथा स्थानीय जनतालाई नमस्कार गर्दै के भएको भनी प्रश्न गरेँ । अर्को वडाको वडाध्यक्षले भन्नुभयो, “अस्ति हामीले प्राविधिक लगाएर पीच बाटोको बिचमा ठोकेको किल्ला भेटाउन सकिएन । सायद किल्ला यहाँका स्थानीयले उप्काएर फालेको जस्तो लाग्यो । अब फेरि अर्को किल्ला मापदण्डअनुसार ठोक्नलाई तपार्इँलाई बोलाएको हुँ । यहाँ बाटो वारिपारि र बिचमा ठुलो विवाद बल्झियो । तपाईँका क्षेत्रको जग्गाधनीले कुरा गरेको अलि चित्त बुझेन । तपाईँले दुवै पक्षलाई अलि सम्झाई दिनुप¥यो ।” मैले जवाफमा वडाध्यक्षलाई भनेँ, “तपाईँ आफ्नो वडाको बासिन्दालाई सम्झाउनुस् । म आफ्नो वडाको मानिसलाई सम्झाउँछु ।” मैले पुनः वडाध्यक्षलाई फेरि सोधेँ, “भएको के हो ? यत्रो मानिस जम्मा भएको रहेछ । समस्या के हो वडाध्यक्षले मलाई सबैको अगाडि भन्नुभयो, “वारिको क्षेत्र तपाईँको हो । पारि मेरो क्षेत्र पर्दछ । तपाईँको क्षेत्रको जग्गावालाले इनार आधा मापदण्डमा पारि बनाउनुभएको रहेछ । तर, अहिले त्यहीँ इनार बचाएर ढुङ्गाको पर्खाल बनाएर लानुस् भन्छ । अर्को कुरा मेरोपट्टिका घर धनीले बाटोभन्दा अग्लो गरिराखेको माटो नहटाएसम्म आफ्नो जग्गामा पर्खाल कुनै पनि हालतमा लगाउन नदिने भन्छ सर । घर धनीलाई मापदण्ड क्लिएर गर्न डोजर चलाउँछु भन्दा इनार नपुरेसम्म मेरो माटो पनि छुन्न दिन्नँ भन्छ । त्यसैले अलि समस्या आयो ।”
वडाध्यक्षको कुरा सुनेपछि विवादको कुरो के हो भन्ने बुझिहालेँ । अनि मैले आफ्नो क्षेत्रको जग्गाधनीसँग कुरा गरँे । तपाईँको खास कुरो मलाई भन्नुस् त ? मैले प्रश्न तेस्र्याएपछि उहाँले मलाई भन्नुभयो, “मलाई तपाईँहरूको विकास निर्माणको मतलब छैन । मेरो खेतमा रिटेनिङ वाल बनाए पनि नबनाए पनि मतलब छैन । यो पीच बाटो चौडा होस् कि नहोस्, मलाई मतलब छैन । मेरो जग्गा पीच बाटोमा छोएकै छ । त्यसैले, मेरो पीच छोएको खेतलाई तपाईँहरूले उठाएर अरू ठाउँमा लान सक्नुहुन्न । त्यसैले, मलाई यो विकास निर्माणसँग केही मतलब छैन । मलाई त मेरो खेत अतिक्रमण नगरे पुग्छ । मैले दुःख गरी बनाएको इनार पूरै बचाउनुपर्दछ । इनार मापदण्डमा परे पनि इनार छोपेर रिटेनिङ वाल बनाउन पाइँदैन । मलाई तपाईँ वडा कार्यालय र नगरपालिकाको के मतलब र ? मेरो खेतको मूल्य त्यत्तिकै बढेको छ । तपाईँहरूले निर्माण गरे पनि केही छैन, नगरे पनि केही मतलब छैन । होइन भन्ने पारिपट्टिको घरधनीले आफ्नो घर अगाडि थुपारेको माटो हटाउनुप¥यो । उसले मापदण्ड मिचेर माटो थुपार्ने र सार्वजनिक जग्गा मिचेर सधँै उपयोग गर्न पाउने अनि मैले मेरो इनार बचाउन नपाउने पनि हुन्छ र ? त्यसैले पहिला उसको माटो हटाउन लगाउनुस् अनि मात्र मेरो खेतमा डोजर चलाउन पाइन्छ । नत्र भने मेरो खेतमा डोजर लगाउन पाइँदैन ।”
त्यस जग्गा धनीको भनाइ निकै स्वार्थप्रेरित र अविवेकपूर्ण तर्क लाग्यो । उसले आफ्नो मात्र स्वार्थलाई ध्यान दिई सामूहिक स्वार्थलाई ध्यानै नदिई कुरा गरेको अनुभव भयो । समाजमा यत्तिसम्म स्वार्थी मानिस पनि हुने रहेछ भन्ने भावना आयो । मलाई कस्तो स्वार्थी मानिस जस्तो लाग्यो । उसलाई मैले नरम स्वरमा जवाफ फर्काउँदै भनेँ, “हेर्नुस् सर, तपाईँको कुरा अलि मिलेन । विकास निर्माण भएकोलाई पनि मलाई मतलब छैन भन्नु गैरजिम्मेवारीपूर्ण जवाफ भयो । बरु तपाईँको इनारलाई मापदण्डभित्र नपरे कसरी जोगाउन सकिएला भन्ने कुरातर्फ तपाईँको ध्यान गएको भए राम्रो हुन्छ । इनार मापदण्डमा परेको भए त पारि जग्गा धनीको कुरा गरेर तपाईँको इनार बच्दैन । नापजाँच फेरि गरौँला । अनिमात्र इनारको वास्तविक स्थिति थाहा हुन्छ । अर्को कुरा पारि घरधनीको पनि मापदण्डभित्र माटो राखेको छ भन्ने त्यो पनि नियममा रहेर डोजर चल्छ । म ऊसँग पनि कुरा राख्छु ।” मेरो कुरा सुनेपछि त्यस व्यक्तिले केही जवाफ फर्काएन । म अर्को पारिपट्टिको घर धनीसँग कुरा गर्न फेरि गएँ । त्यस व्यक्तिसँग अर्को वडाध्यक्ष कुरा गर्दै हुनुहुन्थ्यो । उहाँ कुनै पनि हालतमा माटो हटाउने पक्षमा थिएन । उहाँ भन्दै हुनुहुन्थ्यो, “म कुनै पनि हालतमा माटो हटाउँदिन । मैले किन माटो हटाउने ? नगरपालिकाको प्रमुखले माटो हटाउनु भनी चिट्ठी आउँदा त मैले यो माटो हटाइनँ भने अहिले वडाध्यक्षहरूले भन्दा हटाउँछु र ? पहिले मेरो व्यक्तिगत समस्या समाधान गरिदिनुस् । अनि मात्र माटो हट्छ । नभए पारि जग्गा धनीको मापदण्डभित्र परेको इनार पुरेर वाल बनाउनुस् । अनि मात्र मेरोतर्फको माटो हट्छ । नत्र म कुनै पनि हालतमा हटाउँदिन । म पनि त पार्टीको मान्छे हुँ नि । मेरो पनि त पावर छ नि । म पनि सानैदेखि राजनीतिमा लागेको मान्छे हुँ नि । अहिले आएर मलाई दुई जना वडाध्यक्षले थर्काउने हो ?”
उनको कुरा सुन्दै रिस उठ्ने खालको थियो । तर पनि मैले नरमगरम मिलाएर उनलाई अनुरोध गर्दै भनेँ, “सबभन्दा पहिला त अस्ति सबै पक्ष मिलेर सडकबिचमा ठोकेका किल्ला देखिनुप¥यो । त्यसबेला ठोकेको किल्ला भेटियो भने इनार र माटो दुवै मापदण्डभित्र पर्छ कि पर्दैन भन्ने थाहा हुन्छ । अब त्यो किल्ला भेटिएन भने फेरि प्राविधिक बोलाएर फेरि किल्ला ठोक्न लगाउन सकिन्छ । त्यस किल्लाबाट ६ मिटरको मापदण्डमा परेको माटो होस् कि इनार सबै डोजरले जबरजस्त हटाइन्छ । तपाईँको मूल समस्या के हो ? माग चाहिँ के हो ?” उनले हामीलाई जवाफ फर्काउँदै भने, “तपाईँहरू दुई जना वडाध्यक्ष मलाई थर्काउन आउने ? पहिले समस्या बुझ्नुस् न । मैले थुपारेको माटोमुनि ढलको स्लाव छ । त्यही स्लावमाथि गाडी जाला र ढल फुट्ला भनेर मैले माटो राखेको हुँ । त्यो ढल र माटो मापदण्डमा परिहाल्छ नि । अनि मलाई मापदण्डभित्रको सबै हटाउँछु भनेर थर्काउने हो ? म कुनै पनि हालतमा डोजर चलाउन दिन्न । नभए उत्तापट्टिबाट रिटेनिङ वाल बनाउनुस् । नभए पनि कुनै पनि हालतमा पछि हट्ने पक्षमा छैन ।” उनले कडा भाषामा बोलेका थिए । जनप्रतिनिधिलाई पनि मर्यादा नराखी बोलेको देख्दा अलि चित्त पनि दुख्यो । तर, पनि निर्माण कार्य गर्नु थियो । त्यही भएर जसरी भए पनि सहमति गराउनु आवश्यक थियो । त्यही बेला वडा प्राविधिक पनि आइपुगे ।
मैले नरम स्वरमा उनलाई भनेँ, “हेर्नुस्, माटोमुनि ढल भए हामी ढल नफुट्ने गरी डोजर चलाउँछौँ । केही गरी ढलको स्लाव फुटेमा हामी मर्मत गरिहाल्छौैँ । तर, कुनै पनि हालतमा दुवैतर्फ एकैचोटि डोजर चल्छ । विकास निर्माणलाई आफ्नो व्यक्तिगत स्वार्थको लागि धेरै बेर रोक्न सकिन्न । बरु ढलको समस्या आए हामी जिम्मा लिन्छौँ । तपाईँ पछि हट्नू । प्राविधिकले अब फेरि नाप्छ र नापअनुसार मापदण्डभित्र डोजर कुनै पनि हालतमा चल्छ । तपाईँहरू कहीँ नगइकन यहीँ बस्नुस् । समस्या आए फेरि छलफल गरौँला ।” यत्ति भनेर मैले प्राविधिकलाई फेरि नापजाँच गर्न अनुरोध गरेँ । डोजर ड्रात्रलाई नापअनुसार माटो हटाउन अनुरोध गरेँ । साथै ढललाई मध्यनजर गर्न पनि अनुरोध गरेँ ।
त्यसपछि प्राविधिक र ठेकेदार मिलेर नापजाँच पुनः गरियो । पीच बाटोमा फेरि किल्ला ठोकियो । नापअनुसार मापदण्डभित्र डोजर पनि चलाइयो । स्थानीय जनताले पनि मापदण्डभित्रको माटा सडक फराकिलो पार्न दुवै जग्गा धनी र घर धनीलाई दबाब दिन थाले । दुवै वडाध्यक्षले कुनै पनि हालतमा मापदण्डभित्र डोजर चल्ने अडान लिएपछि सडक चौडा गर्ने पुनः डोजर चल्न थाल्यो । त्यसपछि हामी दुवै जना वडाध्यक्ष त्यहाँबाट फक्र्यौँ । मजदुर 

Comments