बीपी स्मृति दिवस ः वीपीबारे कांग्रेसजनले थाहा नपाएका कुरा


साउन ६, २०८१, आइतबार | विहान ०५:३१ बजे | 0


बीपी स्मृति दिवस ः वीपीबारे कांग्रेसजनले थाहा नपाएका कुरा

सुनील सापकोटा 
मोः ९८४२०२६२३३ , भक्तपुर          
आज  स्वर्गीय जननायक बीपी कोइरालाको ४२ औं स्मृति दिवस । नेपाली राजनितीका उच्च ब्यक्तित्व, सहित्यकार एवं प्रजातान्त्रिक आन्दोलनको सिङ्गो प्रर्यायको रुपमा रहेका जननायक विश्वेवरप्रसाद कोईरालाको एक राजनेता हुनुहुन्थ्यो । नेपालको  राजनिती र इतिहासमा जानकारी भएका वा सो विषयमा चाख राख्नेहरुलाई वहाँले राणा शासन हटाउनेदेखि लिएर निरंकुश पंचायती ब्यवस्था बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा गरेको विभिन्न संघर्ष र त्यागको बिषयमा मैले यहाँ धेरै उल्लेख गरिरहनु पर्दैन होला भन्ने लाग्छ ।
बीपीकै सक्रियतामा  राणा शासन अन्त्य गरि  प्रजातन्त्रको स्थापना गर्ने उदेश्यले  वि. स. २००३ साल कार्तिक १५ गते ( ३१ अक्टुवर सन् १९४६ ) का दिन भारतको बनारसको दूध विनायक भन्ने स्थानमा वहाँले त्यहाँ बसोबास गरिरहेका प्रवासी नेपालीहरु, बनारसमा अध्यन गरिरहेका “नेपाली छात्र संघ “ का छात्र– छात्राहरु  र भारतमा अवकाश प्राप्त केही  नेपाली भूपु सैनिकहरु समेतलाई भेला गरि सुब्बा देवीप्रसाद सापकोटाको अध्यक्षतामा “ अखिल भारतिय नेपाली रास्ट्रिय काङ्ग्रेस “ नामक एक राजनीतिक पार्टीको स्थापना गराउनु भएको थियो । त्यही पार्टी पछी नेपाली रास्ट्रिय काङ्ग्रेस हुँदै आज नेपाली काङ्ग्रेस भएको हो भन्ने कुरामा इतिहास साक्षी छ । तर आज यो इतिहास आजका धेरै युवा काङ्ग्रेसी कार्यकर्तालाई थाहा छैन । 

आज नेपाली काङ्ग्रेसको रास्ट्र, रास्ट्रियता , प्रजातन्त्र र समाजवाद लगायत जतिपनी आदर्श , उदेश्य र अन्य जतिपनी सिद्धान्तहरु छन ती सबै वीपी कोइरालाको नै चिन्तन हो। तर अफसोस! बीपीको अनुयायी भन्ने केही नेता तथा केही कार्यकर्ताहरुले वहाँको नीति तथा सिद्धान्त लाई  आफ्नो ब्यक्तिगत स्वार्थ  र सत्ता प्राप्तिको लागि पोलेर खाइ सकेको अवस्था छ । त्यसैले आज बीपीको सच्चा अनुयायीहरुले नेपाली काङ्ग्रेस र लोकतान्त्रिक ब्यवस्था लाई जोगाइ राख्ने हो भने बीपीको नै सिद्धान्त र आदर्शको बाटोमा हिंड्नु आजको आवश्यकता हो ।  त्यस्तै हाम्रो देशको राजनीतिलाई अस्थिर बनाइ राख्ने र आफ्नो  निजि स्वार्थ  परिपूर्ति गर्नका लागि फाइदा लिन चाहने  देशीविदेशी तत्वहरुलाई समाप्त  गर्न पनि उहाँको रास्ट्रिय मेलमिलापको नितिको आज पनि अत्यन्तै महत्त्व छ भन्ने मलाई लाग्छ । 

धेरै के लेखुँ। स्वर्गीय बीपी कोईराला प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। जय नेपाल।

Comments