राजनैतिक भुकम्प


असार ३१, २०८१, आइतबार | विहान ०५:१९ बजे | 5


राजनैतिक भुकम्प

तुल्सी नारायण लाखेमरु
सु.न.पा.–०८, जगाती
२०७२ सालमा संविधान बनाइयो, २०७२–१२–१२ गते दिँउसो १२ बजे विनाशकारी महाभुकम्प १२,१३ र २९ गते ३ दिन भुकम्पले ठुला साना कल्पना बाहिरको सपना जस्तै भयो । जनताको ठुलो धनजनको क्षति भयो । करिव ८७०० जनाको ज्यान गयो । त्यति बेला जनमानसमा धनी गरिव, ब्रह्मण क्षेत्री आदि घमण्डले कोहिमा स्वाभाव देखिएन । महिनौ महिना सरकारी विद्यालयमा टुडिखेलको खुल्ला मैदानमा, खुलामञ्च र भक्तपुरको सरकारी क्याम्पसमा बास बस्यो । सबै जना एक आपसमा बाडिचुडि खाए । सबै मनमा भोलि के होला भन्ने आशा विवस थिए । आशाको किरण कहिले पाउँछ कि भनेर आशा मै पर्खिए । सरकार पनि एक द्वार प्रणाली बाट राहत बाढेनन् । मन परि तन्त्र भयो, पाउनेले दुई चार पल्ट पाए । पहिलो किस्ता रकम रु. ५००००।– पनि पाए, पछि घरबार बिहिनलाई घर पनि बनाइदिए । छिमेकी देश भारत र चाइनाले पनि अरु देशले पनि आपतको बेला सहयोग गरेको पाइयो । तर २०७२ सालमा संविधान लेखे पनि शासक वर्गले जनताको मर्म कहिल्यै बुझि लिने होइन खाली स्वार्थ स्वार्थमा पल्टु रामहरु जस्तै कहिले माओवादीको सरकार, कहिले एमालेको सरकार, कहिले कांग्रेसको सरकार बारम्बार राजनैतिक संस्कार नभएको जस्तै भयो नैतिकवान व्यक्ति कम हुँदै गए । दिउँसो बत्ती बालेर खोज्नु पर्ने बेला भयो । नेपालको संविधानलाई घरको न घाट जस्तै बनायो । त्यहि शेर बहादुर ५ पल्ट, ६ पल्ट, त्यहि के.पि. ओली ४ पल्ट, ५ पल्ट, त्यहि प्रचण्ड ३ पल्ट, ४ पल्ट, त्यहि माधव नेपाल, त्यहि झलनाथ खनाल, त्यहि बाबुराम भट्टराई, त्यहि बाहुनवाद वाक्क दिक्क लाग्यो । बाहनुवादको नीति र गतिले भोलि नेपाल होला कि न होला आम जनसमुदायमा हल्ला छ । हाम्रो समाजमा देश प्रति न्यानो माया नगर्ने संकल्प नभएको बाहुनहरु जस्तो आचार, प्रतिज्ञा नभएको हाम्रो मन्त्री ज्यूहरु नमस्कार । साधारण मानिसको जति देश प्रति आस्था नविसाउने । बादरको हातमा नरिवल जस्तो बाहुनहरुको किस्ता बन्दिको राजनीति भईदियो । हो की होइन , पाउने ले पायो काँचो केरा खायो, खान नहुनेले खाए भने जस्तै राजनैतिक अनुशासन केहि कुरा थाहा नहुन्दा बिकराल भएको जनताले महशुस गरेको पाइयो । राम्रो टि.भि. हेर्न पर्नेमा नराम्रो टि.भि. हे¥यो । रोग नै टि.भि. जस्तै भयो । ग्यासमा खाना पकायो ग्याष्टिक भइदियो, त्यस्तै प्रेसर कुकरमा मासु भनेर मास पकायो, प्रेसर रोग नै भयो । जनतालाई नै प्रेसर भयो । त्यस्तै मानिसिक सन्तुलन हुदै नहुनेलाई सुगर भन्दियो । कहिले नभएको जात्रा पनि देशमा मन्चन गरिन्छ । एउटा सवारी साधनको चालक बन्नको लागि चालकको अनुमति पत्र चाहिन्छ, देश चलाउने नेता बन्न कुनै योग्यता चाहिदैन । मात्र शिर्ष नेतालाई रुझाउने योग्यता भए पुग्छ । कर्म शिल नेतालाई स्थान पाउदैन । जस्ले चाकडि चुपलिसी गर्न सक्छ, उसले पार्टिको स्थान पाउँछ । नेता रिझाउन सके पैसा भए चुनावमा टिकट पाउन कुनै गा¥हो छैन । त्यस्तै परे निर्वाचन जित्न सक्छ, अनि सुन्दर देशमा असल नेता कहाँ पाउनु । हिजोको अवस्था अर्कै थियो, आज यो अवस्था छैन । अब त केहि सोच्नु पर्छ । अब गोजीबाट निकालेर नेता बनाउन परिपाटि अन्त्य हुन आवश्यक छ । विदेशमा पढेको भन्दैमा असल नेता हुन्छ भन्ने छैन । यहि देशमा भूगोल जानेको व्यक्ति हुन पर्छ । अमेरिकाको राजनीति शास्त्रमा पि.एच.डि. पास गरेर के गर्ने । नेपालको भूगोल बुझेको छैन भने जनताको आवश्यकता नबुझ्ने नेता भएको देशमा जनताले सुख पाउने कल्पना गर्न सकिन्न । इज्जत, प्रतिस्थाले पाउने होइन, बरु सुनचादि पाउछ । तर उसको धेर्यता छैन भने त्याग तपस्या शहनशिल्तामा निर्भर हुन्छ । त्यस्तै गुण नभएका डाक्टरलाई डाक्टार साप भन्दैन । अहिलको शासक वर्गहरु फिल्म भन्दा कम्ता छैनन् । यस अघि धैरे काण्ड भए, बाल मन्दिरको जग्गा हिनामिना गर्ने सर्वोच्च कमाण्डर गणेशमानको छोरीले बाबुको रगतको मूल्य पनि बाँकि राखेनन् । त्यस्ता व्यक्तिलाई देश निकाला गर्ने पार्टीले हिम्मत गर्नु पर्छ । नत्र के को पार्टि । बाह् वर्ष रामायण पढेपनि रामको श्रीमति को भन्दा हनुमान भन्ने एम.सि.सि. पास गर्ने नागरिकता विद्येक पास गर्ने रामचन्द्र पौडेल, शासक वर्गहरुलाई जनताले कहिले बाकि राख्दैनन् । अति भए खति हुन्छ । साउदी, चाईनामा देशघाटी काम गर्नेलाई फासी दिइन्छ तर नेपालमा अहित काम गर्नेलाई स्वागत गर्छ, जिवनदान दिन्छ । देश बरबादीमा छ । टिप्परको ठक्कर र राजनीतिको चक्कर बराबर छ ।

Comments