नगर प्रमुख प्रजापतिलाई कोभिड नियन्त्रणबारे ज्ञापन पत्र हस्तान्तरण
कार्तिक २७, २०७७, बिहीबार | विहान ११:५३ बजे | 5
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जनसरोकार समन्वय समितिका प्रतिनिधि टोलीले ज्ञापन पत्र हस्तान्तरण ग¥यो ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा कोरोना रोकथाम र नियन्त्रणको लागि नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन केन्द्रका सेवा सुविधाहरू र नगरपालिकाले गरेकागतिविधिहरुबारे अवगत गराउनुभयो ।
जनसरोकार समन्वय समितिका संयोजक श्यामकृष्ण प्रजापतिले कोरोनाको जोखिम बढिरहेको अवस्थामा संक्रमणको रोकथाम र नियन्त्रणमा राज्यको सक्रिय भूमिका हुनुपर्ने र जनताले निःशुल्क रुपमा स्वास्थ्य उपचार पाउने सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
ज्ञापन पत्रमा भक्तपुरका प्रत्येक वडामा निःशुल्क पीसीआर टेष्टको व्यवस्था गर्न, भक्तपुरमा व्यवस्थित आइसोलेसन व्यवस्था गर्न, सम्भावित संक्रमण रोक्न भीडभाड नियन्त्रणका लागि स्वयम्सेवक परिचालन गर्न, संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा फुटपाथ, ठेला व्यापार र व्यवसाय पूर्ण रुपमा बन्द गर्न र भक्तपुर अस्पताल अगाडिको पार्किङ व्यवस्थित गर्न, सरकारी निकायहरू कोभिड १९ नियन्त्रणको लागि सर्वपक्षीय संयन्त्र निर्माण गर्र्नुपर्ने मागहरू उल्लेख रहेको छ ।