एभरेष्ट हस्पिटलद्वारा थप पाँच सेवा विस्तार


असार २४, २०८१, आइतबार | विहान ०५:२४ बजे | 70


एभरेष्ट हस्पिटलद्वारा थप पाँच  सेवा विस्तार

कृष्णानन्द भट्ट 

 काठमाडौं। एभरेस्ट हस्पिटलले  आक्रामक रूपमा थप नयाँ सेवा विस्तार गरी रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ। हस्पिटलले ल्याएको थप नयाँ सेवामा ब्लड बैंक, हेमोडायलाइसिस, दन्त विभाग, नेत्र विभाग र एनआइसीयु लगायतका अत्यावश्यक सेवाको एक समारोह वीच पुर्व स्वास्थ मन्त्री उद्घाटन गर्नु भएको थियोे। थप नयाँ सेवा सुरु भएको अवसरमा अस्पतालले शनिबार निशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको थियोे। नि:शुल्क स्वास्थ शिविरमा मिर्गौलाजाँच, निशुल्क सुगर, युरिया र क्रियाटिनिन जाँच, तथा १५० जनालाई निशुल्क सेनेटरी प्याड वितरण, १५० जनालाई १०० रुपैयामा अल्ट्रासाउण्ड सेवा, नि:शुल्क दन्त परीक्षण, निशुल्क आँखा जाँच लगायत सेवा प्रदान गरेको अस्पतालका निर्देशक दीपक चन्द्र बरालले बताउनुभयो। उहाँले अस्पतालमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रमा ८०० युनिटसम्म रगत भण्डार गर्ने क्षमता रहेको बताउदै पहिलो पटक डायलाइसिसको लागि नाम टिपाउने १० जना बिरामीलाई नि:शुल्क डायलाइसिस सेवा दिइने समेत बताए। राजधानीको मुटु अर्थात नयाँ बानेश्वरमा अवस्थित यो एभरेस्ट अस्पताल एकसय शैया क्षमताको छ।

Comments