यसो भएको हो बाराहीस्थानको सडक विवाद (यसअघिको समाचारसहित)
असार २१, २०८१, बिहीबार | दिउँसो १२:४६ बजे | 0
गत साल आवगमनमा समस्या भएर ग्राभेलिङ्ग भएको थियो । ग्राभेलिङ्गमा खाल्डाखुल्डी धेरै भई आवगमनमा समस्या भएकोले त्यसलाई मिलाउन रोलर डोजर प्रयोग गर्न खोजेका थियौं । त्यसका लागि भक्तपुर नगरपालिका वडा नं ३ वडा कार्यालयबाट खाल्डाखुल्डी सम्याउन लागेका थियौं । तर स्थानीय केही व्यक्तिले आफ्नो घर थर्केर भत्किएमा नगरपालिकाले क्षतिपूर्ति दिने सम्झौता गरे मात्र गर्न दिने भनी ढुंगाले हान्न खोज्ने काम भयो, जुन अत्यन्त दुःखको कुरा थियो ।
बास्तविक कुरा
स्थानीय बागजुहरुको जग्गाबाट त्यहाँं पहिलेदेखि निकास गइराखेको थियो । त्यो जग्गाबाट निकास नपठाई तेखाचो उकालो बाटोको माथिदेखि ह्युम पाइप राखी निकास फर्काई पठाउने माग राखियो । जुन उकालो बाटोमा नगरभरिको लागि मेलम्चीको १४ इन्चको खानेपानी पाइप विद्यमान छ । फेरि त्यो उकालोमा १७।१८ फिट गहिराइ खनी ह्युम पाइप राखी निकास फर्काउने सम्भावना छैन । साथै उकालोको पूर्वतिर ४ वडातर्फको आकाशे तथा शौचालयको निकास जाने सम्भावना छैन । निकास नफर्काउदासम्म ठेकेदारलाई काम गर्न नदिने भनी अवरोध गर्यो । ठेकेदारले काम नगरी बस्यो । पहिलेदेखि गइराखेको निकासलाई सुधार गरी शारदा आधारभूत विद्यालयको अगाडि ह्युम पाइप राखी समाधान गर्न सकिने राम्रो सम्भावना छ । आफ्नै व्यक्तिगत स्वार्थलाई लिएर स्थानीयलाई उक्साएर कार्य अवरोध गरिरहेको छ । यो राम्रो होइन । यसरी आफै धामी आफैं झाक्री हुनु भएन बागजुले ।
तत्काललाई आवगमन सहज बनाउने वडा समितिको कार्यलाई अनावश्यक कुतर्क तेस्याई समस्या ज्यूँका त्यूँ बनाउने अनि आरोप नगरपालिकालाई दिने काम ठीक होइन । यसबारे स्थानीय जनता पनि सचेत हुनु आवश्यक छ । (भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोरासँंग गरेको कुराकानीको आधारमा)
यसअघिको समाचार
असार १८ । भक्तपुर बाराहीस्थान पुल जाेड्ने बाटाे कस्ताे बनाउने भन्ने सहमति नजट्दा बाटाे हालसम्म बन्न सकेकाे छैन । ग्रभलमात्रै बिछ्याएइएकाे बाटाे उखड्बखड भइ सर्वसाधारण जनता, बाईक स्कुटर लगाएत सवारीबाट यात्रा गर्नेलाइ धेरै सास्ती भएपछी भनपा ३ वडाबाट तत्काललाइ समस्या समाधान गर्ने रूपमा पुरानाे ग्रभल उप्काइ पुन राेल गर्ने काम अघि बढाइएकाे थियाे । तर त्यस क्षेत्रका केही व्यक्तिहरूकाे अवराेधमा काम पुरा हुन सकेन ।
बाटाे सम्याउने राेलरलाइ काम पुरा गर्न नदिइ आधा बाटाे सम्याउन दिइएन । नजिकै घर भएका स्थानियले राेलर लगाउँदा आफ्नाे घर भट्किने बताउँदै बाटाेमा राेलर लगाउन दिएकाे थिएन । निज व्यक्तिकाे उत्थान गरेकाे विषयलाइ मध्य नजर गरि भाइब्रेट नगरी राेलर अघि बढाउन खाेज्दा राेलर राेक्नकाेलागि ढुङ्गा हान्ने प्रयास भएकाे थियाे । पटक पटक ढुङ्गा हान्ने प्रयास हुन लाग्दा राेलर फर्कनु परेकाे थियाे । जसकारण बाटाे आधामात्रै सम्याउने काम सम्पन्न भयाे भने जनताकाे समस्या जस्ताकाे तस्तै भयाे । त्यस बाटाे अझै पनि उखडबखड नै रहयाे । यसकाे जिम्मेवारी अब कसले लिन्छ ??? सम्बन्धित निर्माण कार्य गर्ने जिम्मा पाएकाे निर्माण व्यवसायी ?? निर्माण कार्य नेतृत्व गर्ने जनप्रतिनिधि ??? भनपा ??? निर्माण कार्य राेक्ने केही व्यक्ति ??? वा राेलरमा भाइब्रेटर नै गरी ल्याउँदा पनि पछाडीबाट उस्काउने तत्व ?